एनपीएल : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौँ, १ मङ्सिरः काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं । टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४:०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म ५ खेलबाट २ अङ्क मात्र पाएको छ।