रास्वपा लुम्विनी प्रदेश समितिको वैठक अर्घाखाँचीको नरपानीमा शुरु

बैशाख १ अर्घाखाँची । राष्टिय स्वतन्त्र पार्टी लुम्विनी प्रदेश समितिको नियमित पूर्ण वैठक अर्घाखाँची जिल्लाको नरपानीमा शुरु भएको छ ।

प्रदेश सभापति देवराज पाठकको अध्यक्षतामा शुरु भएको बैठकमा आसन्न महाधिवेशन, रिक्त पदपूर्ती, संगठन निर्माणको रुपरेखा लगायतका विषयमा निर्णय हुने रास्वपा अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले बताए ।

प्रदेश महामन्त्री निलराज अधिकारीको संचालनमा जारी बैठकमा प्रदेश समितिका पदाधिकारी, सदस्यहरु सहित सवै जिल्लाका सभापतिहरुको सहभागिता छ ।

हिजोबाट शुरु भएको बैठकमा प्रदेश सभापति देवराज पाठकले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । वैठकमा सभापतिको प्रतिवेदन उपर छलफल चलिरहेको महामन्त्री अधिकारीले जानकारी दिए ।