ताजा अप्डेट :

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त test नगर प्रमुख र अध्यक्ष सहित अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन खर्चको विवरण ? ६ महिनाभित्र जरिवाना नतिरे पद जानसक्ने सन्धिखर्क नगरपालिकाद्वारा ऋषिपन्चमीको दिन सार्वजनिक विदा महेश बस्नेतको चेतावनी–‘बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’ अर्घाखाँचीमा रायमाझी र आचार्य आमने सामने हुनसक्ने चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल मेयर शाहले भने - 'नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ' नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात अर्घाखाँचीको चुनावी विश्लेषण : सजिलो छैन टोप बहादुर रायमाझीलाई

यसकारण कसैलाइ पनि भाेट हालेनन नेपालगन्जका मेयर राणाले

हरिप्रसाद भुसाल May 31, 2021

जेठ १७, दाङ । नेपालगञ्जका मेयर धवलशमशेर राणाले आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान प्रकृयामा सहभागी भएनन ।

आज बिहान ९ बजेदेखि लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि दाङमा उपनिर्वाचन भइरहेको छ। मेयर राणा पनि उक्त निर्वाचनमा मतदाता छन्।

तर उनले आफ्नो प्राथमिकतामा अहिले निर्वाचन नभएको बताए।

‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन,’ उनले फेसवुकमार्फत् भनेका छन्, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, धन्यवाद।’

अहिलेसम्म १२२ जनाले लुम्बिनीमा मतदान गरिसकेका छन्। आजै मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ। नेकपा एमाले र गठबन्धनबाट गरि दुई जना उम्मेदवार छन्।

राणा २०७४ सालमा भएको चुनावमा राप्रपाबाट उम्मेदवार भई मेयर जितेका थिए।