ताजा अप्डेट :

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त test नगर प्रमुख र अध्यक्ष सहित अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन खर्चको विवरण ? ६ महिनाभित्र जरिवाना नतिरे पद जानसक्ने सन्धिखर्क नगरपालिकाद्वारा ऋषिपन्चमीको दिन सार्वजनिक विदा महेश बस्नेतको चेतावनी–‘बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’ अर्घाखाँचीमा रायमाझी र आचार्य आमने सामने हुनसक्ने चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल मेयर शाहले भने - 'नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ' नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात अर्घाखाँचीको चुनावी विश्लेषण : सजिलो छैन टोप बहादुर रायमाझीलाई

यो वर्ष अर्घाखाँचीका कुन पालिकाले कति बजेट प्राप्त गरे, हेर्नुहोस विस्तृत विवरण 

हरिप्रसाद भुसाल May 30, 2021

हरिप्रसाद भुसाल / जेठ १६, अर्घाखाँची
सरकारले आगामी आर्थिक वर्ष २०७८/ ७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट विनियोजन गरेको छ । स्थानीय तहले यो वर्ष २ खर्ब ८३ अर्ब १ करोड बजेट पाएका छन् ।
स्थानीय तहलाई वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सो बजेट छुट्याइएको हो ।
७५३ वटा स्थानीय तहले आ आफनै पालिकामा खर्च गर्नका लागि बजेट हस्तारतरण गरिएको छ ।
यस वर्ष अर्घाखाँचीका स्थानीय तहले २ अर्ब ८० करोड ३२ लाख रुपैयाँ बजेट पाएका छन । अर्घाखाँचीमा ६ वटा स्थानीय तह छन् । जसमा ३ वटा नगरपालिका र ३ वटा गाउँपालिका छन् । ३ वटा नगरपालिकाले कुल १ अर्ब ५७ करोड ४७ लाख रुपैयाँ बजेट पाएको छ ।
३ वटा नगरपालिकामध्ये सबैभन्दा बढी सन्धिखर्क नगरपालिकाले बजेट प्राप्त गरेको छ । उक्त नगरपालिकाले ५९ करोड ५ लाख रुपैयाँ बजेट पाएको छ । त्यस्तै शितगंगा नगरपालिकाले ५२ करोड २० लाख बजेट प्राप्त गर्दा नगरपालिकाहरु मध्ये सबैभन्दा कम भूमिकास्थान नगरपालिकाले रु ४६ करोड २० लाख रुपियाँ बजेट पाएको छ ।
३ वटा गाउँपालिकामा १ अर्ब २२ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सबैभन्दा बढी मालारानी गाउँपालिकाले पाएको छ । मालारानी गाउँपालिकाले ४४ करोड २४ लाख प्राप्त गर्दा पाणिनी गाउँपालिकाले ४१ करोड ९५ लाख बजेट पाएको छ । भने सबैभन्दा कम छत्रदेव गाउँपालिकामा छुट्याइएको छ । छत्रदेव गाउँपालिकाले ३६ करोड ६६ लाख रुपियाँ प्राप्त गरेको हो ।