मानिसको सुन्दरतामा दाँतको भूमिका महत्वपुर्ण हुन्छ । तर गलत खानपानका कारण कतिपय अवस्थामा मानिसले दाँतमा विभिन्न समस्या झेल्नु पर्ने हुन्छ ।
दाँतमा देखिने समस्याहरुमा रगन बग्ने, सास गन्हाउने लगायतका समस्या रहने गरेका छन् । यस्तो हुनुको पछाडी पाइरिया पनि एक कारण रहेको छ । पाइरिया दाँतको उचित रेखदेख नगरेमा हुने सम्भावना रहन्छ । तसर्थ दाँतको राम्ररी सरसफाई तथा हेरचाह गर्न आवश्यक रहन्छ ।
पाइरिया हुनुमा क्याल्सियमको कमी, गिजाको खराबी तथा दाँत तथा मुखको खराबी रहने गरेको छ । पायरिया हुदाँ दाँतलाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुन्छ ।
र बिस्तारै दाँतको गिजा पहेलो तथा खराब हुन थाल्दछ र त्यसबाट रगत आउँछ । त्यसबाहेक, कलेजोको खराबीका कारण पनि रगतमा अम्लियपन बढ्न थाल्छ ।
दुषित रक्त र अम्लियपनाका कारण पनि दाँत पायरियाबाट प्रभावित हुन्छ । यस अलावा पान, सुपारी लगायतका सुर्तीजन्य पदार्थको सेवनका कारण पनि पायरिया हुने गर्दछ ।
लक्षण: – सासबाट दुर्गन्ध आउनु थाल्दछ । – गिजा सुन्निन थाल्नु । – दात कमजोर भई हल्लिनु । – तातो वा चिसो खादाँ दाँत सिरिङ्ग हुनु । – छुँदा मात्र पनि गिजा सुन्निनु ।
बच्ने उपाय: पाइरिया वा दाँतको खराबीबाट बच्न खाना खाएपछि दैनिक दुई पटक ब्रस गर्न आवश्यक छ । ब्रस गर्दा दाँतको कुनाकाप्चाको राम्ररी सरसफाई गर्नु पर्दछ ।
दाँत सफा गर्ने ब्रस नरम हुनु पर्दछ । राती सुत्नु अगावै अनिवार्य दातको राम्ररी सफाई गर्नु पर्दछ । हरेक पटकको खाजा वा खानापछि मुख राम्ररी कुला गर्नु पर्दछ ।