
विजयनगर गाउँपालिका लुम्बिनी प्रदेश को कपिलवस्तु जिल्लामा अवस्थित छ ।
स्थानिय तहको पुर्नसंरचनामा यो गाउँपालिका साविक गुगौली, पत्थरदेइया ,खुरुहुरिया र गणेशपुर गा.वि.स हरु मिलि बनेको गाउँपालिका हो ।
यस गाउँपालिकाको क्षेत्रफल १७३.१९ बर्ग कि.मि रहेको छ। यस गाउँपालिकाको पूर्वमा शिवराज नगरपालिका पश्चिममा दाँङ्ग जिल्ला तथा छिमेकी मुलुक भारत उत्तरमा दाङ्ग जिल्ला तथा दक्षिमा कृष्णनगर नगरपालिका रहेको छन् ।
विक्रम सम्बत २०६८ को जनगणना अनुसार यस क्षेत्रको कुन जनसंख्या ३६,९३७ रहेको छ । जसमध्ये १८,८३१ जना पुरुष र १८,१०३ जना महिला छन्।