
के तपाईकाे बिहान बिस्तारामै चिया पिउने वानी छ ? छ भने केही साेच्नैपर्ने बेला आएकाे छ है । तपाईकाे याे वानीले खतरनाक अवस्था ल्याउन सक्ने देखिएकाे छ ।
धेरै चिया पिउँदा शरीरमा नराम्रो असर पर्छ । र, कहिल्यै खाली पेटमा चिया पिउनु हुँदैन । अध्ययनका अनुसार खाली पेटमा चिया पिउँदा एसिडिटी बढ्ने, क्यान्सर लाग्ने जस्ता गम्भीर रोग लाग्ने सम्भावना हुन्छ । चियासँग सधैँ केही न केही खानेकुरा खाने गर्नुपर्छ । धेरै चिया पिउँदा उमेर पनि कम हुँदै जाने अध्ययनमा उल्लेख छ ।
खाली पेटमा मात्र होइन खाना खाने वित्तिकै पनि चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । खानामा पोषक तत्व हुन्छ । खानामा भएको पोषक तत्व शरीरले सोस्नका लागि समय लाग्ने गर्छ । खाना खाने वित्तिकै पाचन प्रक्रिया सुस्त हुन्छ जसले गर्दा खानामा भएको पोषक तत्व शरीरमा लाग्न पाउँदैन । जसको कारण मधुमेह जस्ता रोगहरु लाग्न सक्छ ।