ताजा अप्डेट :

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त test नगर प्रमुख र अध्यक्ष सहित अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन खर्चको विवरण ? ६ महिनाभित्र जरिवाना नतिरे पद जानसक्ने सन्धिखर्क नगरपालिकाद्वारा ऋषिपन्चमीको दिन सार्वजनिक विदा महेश बस्नेतको चेतावनी–‘बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’ अर्घाखाँचीमा रायमाझी र आचार्य आमने सामने हुनसक्ने चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल मेयर शाहले भने - 'नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ' नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात अर्घाखाँचीको चुनावी विश्लेषण : सजिलो छैन टोप बहादुर रायमाझीलाई

वडाअध्यक्षको पारिश्रमिकबाट विद्यालयमा शिक्षक

News Desk Jul 4, 2022

हरिप्रसाद भुसाल / असार २०, अर्घाखाँची

अर्घाखाँचीका एकजना वडाअध्यक्षले आफ्नो पारिश्रमिकबाट तलव पाउनेगरी सामुदायिक विद्यालयमा शिक्षक नियुक्ती गरेका छन् । 

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १० का वडाअध्यक्ष मोहनसिंह ठकूरीले आफुले पाउने पारिश्रमिकबाट तलव पाउने गरी वडाभित्रका दुई विद्यालयमा शिक्षक नियुक्त गरेका हुन् । 

सन्धिखर्क नगरपालिका वडा नं. १० को धरम्पानीमा रहेको आदर्श आधारभूत विद्यालय र वडा नं. १० कै गच्छेगैरामा रहेको अरनिको आधारभूत विद्यालयमा एकएकजना शिक्षक नियुक्त गरेको अध्यक्ष ठकुरीले जानकारी दिनुभयो 

तल्लो कक्षामा अंग्रेजी विषय पठाउनका लागि १२/१२ हजार बरावर तलव पाउनेगरी दुईजना शिक्षक नियुक्त गरिएको हो । "शैक्षिक गुणस्तर बढाउनका लागि शिक्षक संख्या कम भएका स्कूलहरुमा शिक्षक नियुक्त गरेका हौं ।" ठकूरीले भन्नुभयो "मैले पाउने पारिश्रमिकबाट उहाँहरुले तलव प्राप्त गर्नुहुनेछ ।"

वडामा रहेका सवै स्कूलमा अध्ययनरत कक्षा १ का सवै विद्यार्थीहरुका लागि आफ्नो पारिश्रमिकबाटै किताव, कापी, पेन्सील जस्ता शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको समेत ठकूरीले जानकारी दिनुभयो । "यही शैक्षिक शत्रबाट कक्षा १ मा अंग्रेजी मिडियमबाट पठनपाठन शुरु गरेका छौं ।" ठकुरीले भन्नुभयो "अव सवै कक्षमा अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्ने योजना बनाएका छौं ।"

अंग्रेजी मिडियमको पढाईको शुरुवात गरिएसंगै शिक्षामा केही परिवर्तनको अनुभुती गरिएको ठकुरीको भनाई छ । सवै विद्यालयहरुमा प्रोजेक्टर र ल्यापटप थपिदैगरेको बताउदै ठकूरीले वडाभर करीव ३५० हाराहारी विद्यार्थीहरुले सामुदायिक विद्यालयमा पढ्ने जानकारी समेत दिएका छन् ।