उपाध्यायले भेट्याइदिए ६ वर्षको उमेरमा हराएका शर्माको घर, परिवारमा खुसीयाली

News Desk Aug 7, 2021

पालिका अपडेट / साउन २३, काठमाण्डौ

६ वर्षको उमेरमा परिवारबाट सम्पर्कविहिन भएका स्याङ्जाको वालिङ नगरपालिका वडा नं ५ का सुकुन्त शर्माले हराएको ३७ वर्षपछि घर भेट्याएका छन् । 

बनेपाबाट प्रकाशित हुने तपाई हाम्रो साप्ताहिकमा प्रकाशित समाचार भिम उपाध्यायको फेसवुकबाट पोष्ट गरिएपछि शर्माले ४३ वर्षको उमेरमा परिवार भेट्याएका हुन् ।

लामो समयसम्म सम्पर्क विहिन भएको आफ्नो भाईको फोटो उपाध्यायको फेसबुकमा भेटिएपछि पूर्ण चन्द्र लामिछानेले शर्मा संग सम्पर्क गरेका हुन् । 

शर्माका आफन्त आज नै बनेपा पुगी उनलाई घरमा ल्याउने तयारी गरिरहेको लामिछानेले जानकारी दिएका छन् । 

हराएको ३७ वर्षपछि शर्मा सम्पर्कमा आएपछि लामिछाने बन्धुहरु निकै खुसी भएका छन् ।