
नेपालको करिब मध्ये भागमा पर्ने प्रदेश न. ४ को जिल्ला म्याग्दी १ वटा नगरपालिका र ५ वटा गाउँपालिका मिलेर बनेको छ।
यसै अन्तर्गतको एक गाउँपालिका धवलागिरी गाउँपालिका हो। धवलागिरी गाउँपालिका म्याग्दी जिल्लाको उत्तर पश्चिममा रहेको गाउँपालिका हो ।
यो गाउँपालिका साबिकको ७ वटा गाबिस ७ वटा वडामा परिणत भएको छ। जस मध्ये गुर्जा वडा न.१ , लुलााङ वडा न. २ , मुना वडा न.३ , मुदी वडा न. ४ , मल्कबाङ वडा न. ५ , मराङ वडा न. ६ र ताकम वडा न. ७ मा पर्दछन।