
चैत्र ३०, तनहूँ । नेपाली काँग्रेसका विद्रोही नेता गोविन्दराज जोशीलले अन्तत मुख खोलेका छन् ।
निर्वाचनको मिति नजिकिएसंगै जोशीले आफ्नो पक्षको समर्थन स्वर्णिम वाग्लेलाई रहेको सन्देश दिदै जितको शुभकामना दिएका छन् ।
देश अनि समाजको लागि सक्षम व्यक्ति आवश्यक भएको र त्यो छुट्याउने बेला भएको भन्दै जोशीले वाग्लेको पक्षमा लाग्न समर्थकहरुलाई अनुरोध समेत गरेका छन् । तनहुँमा आज आयोजना गरिएको चुनावी सभामा रास्वपाका तर्फबाट मैदानमा उत्रिएका वाग्लेले आफुलाई जोशीको समर्थन रहेको जानकारी गराएका थिए ।