ताजा अप्डेट :

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त test नगर प्रमुख र अध्यक्ष सहित अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन खर्चको विवरण ? ६ महिनाभित्र जरिवाना नतिरे पद जानसक्ने सन्धिखर्क नगरपालिकाद्वारा ऋषिपन्चमीको दिन सार्वजनिक विदा महेश बस्नेतको चेतावनी–‘बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’ अर्घाखाँचीमा रायमाझी र आचार्य आमने सामने हुनसक्ने चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल मेयर शाहले भने - 'नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ' नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात अर्घाखाँचीको चुनावी विश्लेषण : सजिलो छैन टोप बहादुर रायमाझीलाई

स्वास्थ्यकर्मी सहित अाैषधी बाेकेर घरघरमा पुग्दै स्थानिय सरकार

हरिप्रसाद भुसाल May 31, 2021

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोरोना संक्रमण दर फैलन नदिन अनुगमन तथा होम आइसोलेसनमा बसेका बिरामीहरुसँग भेटघाट अभियान शुरु गरेकाे छ । नगरपालिकाले आईतबारदेखि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसीबजार क्षेत्रबाट अभियान थालनी गरेको हो ।

हलेसीबजारमा संक्रमित संख्या बढेकाले जोखिम बढेसँगै होम आइसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था कस्तो छ, आइसोलेसनमा बस्नुपर्ने नियमहरु पालना गरेको छ/छैन, संक्रमितको शरीरमा अक्सिजनको मात्रा के छ, रुघाखोकी, ज्वरो मापन, स्वास्थ्य परामर्श, संक्रमितहरुको स्वास्थ्य परीक्षण, मनोपरामर्श, स्वास्थ्य सामग्री र औषधी वितरण गरेर अभियान सुरुवात गरिएको नगरप्रमुख इवन राईले बताउनु भयो । नगरप्रमुख राईका अनुसार यो अभियानमा सम्पुर्ण वडालाई पनि परिचालन गरिनेछ ।

अभियान थालनीमा नगरप्रमुख राई, उपप्रमुख बिमला राई, स्वास्थ्यकर्मी संक्रमितको घर–घर पुगेका थिए । यो अभियानले संक्रमण रोकथाममा सहयोग र होम आइसोलेसनमा बसेका संक्रमितलाई हौसला प्रदान गर्ने नगरपालिकाकी उपप्रमुख बिमला राईले बताउनु भयो ।

यो नगरपालिकामा हालसम्म कूल संक्रमित १२१ जना पुग्दा ९९ जना संक्रिय संक्रमित छन् । २२ जना संक्रमणमुक्त भएका छन् । संस्थागत आइसोलेसनमा उपचाररत ५ जनामध्ये ३ जनालाई आवश्कताको आधारमा अक्सिजन दिइएको र अन्य होम आइसोलेसनमा बसेको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो ।