ताजा अप्डेट :

सन्धिखर्कमा ठूलो पर्दामा नेपाल र पाकिस्तानको क्रिकेट लाईभ देखाइने छाडा चौपायाको दिगो व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी १५६ ओैँ दिनमा अर्घाखाँची आईपुगे पैदलयात्री पाध्या ह्वात्तै बढ्यो पेट्रोल र डिजेलको मूल्य पोर्चुगल पुगेका अर्घाखाँचीका दमासे ३ महिनादेखि सम्पर्कविहीन तिलोत्तमा नगरपालिकाद्वारा कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा बैंक तथा वित्तिय संस्थाहरु आज शनिवार पनि खुल्ला रहने डिलासैनी गाउँपालिकाले आफ्नै रेडियो संचालन गर्ने म्याग्दीको रघुगंगा नगरपालिकामा शतप्रतिशत योजना कार्यान्वयन अर्घाखाँचीका गाउँगाउँमा रास्वपा नेता अर्यालको सक्रियता, २०८४ मा दुई तिहाइ ल्याउने दावी

स्थानिय तह राजनिती गर्ने ठाउँ हैन, राजनैतिक दलले गर्न नसकेका काम स्वतन्त्रले मजाले गर्न सक्छन : विशेष पन्त, अध्यक्षको उम्मेदवार, गण्डकी गाउँपालिका

News Desk May 7, 2022

आजसम्म कुनै राजनीतिक दलको सदस्यता नलिएका विशेष पन्त लामो समयदेखी सामाजिक गतिविधीमा सक्रिय हुनुहुन्छ । विगत ७ वर्षदेखी समाज रुपान्तरणमा पहलकद्मी लिइरहनुभएका २६ वर्षिय पन्त पशु चिकित्सा अध्ययनरत हुनुहुन्छ । स्नातकोत्तर स्म्मको अध्ययन गर्नुभएका पन्त सुचनाको हकको लागि राष्ट्रिय महासंघ नेपाल गण्डकी प्रदेश सचिब, आकाशबाणी मिडिया नेटवर्कको प्रधान सम्पादक, मिसन नेपाल गण्डकी प्रदेश संयोजक र जागौँ नेपाल राष्ट्रिय अभियानको सदस्य हुनुहुन्छ । हाल गण्डकी गाउँपालिका गोरखाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका पन्त संग पालिका अपडेट डटकमका प्रधानसम्पादक हरिप्रसाद भुसालले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादीत अंश  :

यहाँको उम्मेदवारी के को लागि ?
–मेरो उम्मेद्बारी गण्डकी गाउँपालिकाको सम्पुर्ण नागरिकलाई आफू त्यो पालिकाको नागरिक भएको अनुभती गराउनको लागि ।

एजेन्डाहरु के छन ? तपाईलाई नै भोट किन ?
१. कार्यभार समालेको पहिलो दिन र कार्यभार छाड्ने अन्तिम दिन आफ्नो नाममा भएको चल अचल सम्पती प्रमाण सहित सार्वजनिक गर्नेछु ।
२. आफुलाई गाउँपिताको रुपमा मात्र नभई जनताको सेवकको रूपमा प्रस्तुत गर्नेछु।
३. प्रत्येक महिनाको अन्त्यमा स्थानिय तहका सबै खर्चहरु पारदर्शी रुपमा वेवसाईटमा सार्वजनिक गर्नेछु ।
४. पालिका भित्रका सबै सार्बजनिक सरोकारका ठाँउहरुको हरेक हप्ता स्वत सुचना सार्बजनिक गर्नेछु ।
५. गण्डकी गाउँपालिकालाई सुचना बेसको समाजमा रुपान्तरण गरि राज्यकै नमुना पालिकाको रुपमा प्रस्तुत गर्नेछु।
६. स्थानिय तह भित्र पावर, पहुच, बल र पैसाका आधारमा नभएर नियम कानुन र सिस्ट्मका आधारमा चलाउने काम गर्नेछु ।

७. स्थानिय तहबाट हुने अधिकांश कामहरु डिजिट्ल माध्यमबाट गर्न प्रयास गर्नेछु ।

८. अति विपन्न परिवार पहिचान गरि उनीहरूकाे अार्थिक र सामाजिक हैसियत वृद्दी गराउने भिजन सहितकाे कार्यक्रम संचालन गर्नेछु ।

९. स्थानिय तह भित्रका अति बिपन्न बिद्यार्थीहरुका लागि कक्षा १२ सम्म निशुल्क शिक्षा दिन प्रयास गर्नेछु । 
 
१०. बिदेश जान चाहने सबैलाई निशुल्क सिप बिकासको तालिम सिर्जना गर्नेछु ।  

११. गा.पा.भित्रै केही गर्न चाहनेहरुका लागि १ बर्षका लागि ब्याज बिना  ऋण उपलब्ध गराउने र ऋणका लागि धितोको आवस्यकता अध्ययनपछि गरि मिलाउनेछु ।  

१२. स्थानिय तह भित्र हुने साना ठुला सबै ब्यवसायहरुलाई करको दायरामा ल्याउनेछु।  

१३. कृषि, जडिबुटी र पर्यटनलाई केन्द्र बनाई तिब्र आर्थिक विकास गर्नेछु ।

१४. सबै अाधारभूत विद्यालयहरूकाे गुणस्तरीय शिक्षाकाे वातावरण मिलाई एउटा बच्चा पढाउन गाउँ नै छाेड्नु पर्ने अवस्थाकाे न्युनिकरण गर्नेछु ।

१५. प्रसिद्द धार्मिक, प्राकृतिक तथा पर्यटकीय स्थलहरूकाे राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार गर्नेछु ।

१६. स्थानिय तह भित्रका खाेला नदिहरूमा लघु तथा ठुला जलविद्युत अायाेजना संचालनका लागि दाताहरूकाे खाेजी गरि सहजिकरण गर्नेछु ।

१७. कर्मचारीकाे सहि परिचालन गर्न सक्ने क्षमता भएकाे , असल र क्षमतावान कर्मचारीलाई प्राेत्साहित गर्ने गलत गर्नेलाई सुधार्ने अवसर दिन प्रयत्न गर्नेछु ।

१८. सबै पार्टीका जनतासँग समान व्यवहार गर्नेछु ।

१९. शिक्षा र स्वास्थ जस्तो संबेदनसिल क्षेत्रलाई ब्यापारिको  हातबाट अलग बनाउनेछु ।

२०. पुर्बाधर बिकासलाई जोड दिनेछु ।
 

तपाईको बुझाईमा गण्डकी गाउँपालिकाका मुख्य समस्या के हुन् ? जसको समाधानको लागि नेतृत्वमा हजुर आउनुपर्ने छ ।
यहाँ समस्या नभएको कुनै क्षेत्र नै छैन, सुसासन के हो समृद्धि के हो भन्ने कुरा यहाँ देख्न सकिँदैन, नगरिकले कुनै पनि सुचना समयमा पाउँदैनन, पालिका सम्म पुग्न कै लागि पनि ६–७ घण्टा सम्म हिँड्न पर्ने अबस्था छ ।

विरासत जमाएका राजनितिक दलहरुसंगको प्रतिष्प्रधा आफैमा कठिन छ, यसलाई कसरि हेर्नुभएको छ ? 
प्रतिस्पर्धा कठिन नै छ , राजनैतिक दल र प्रतिनिधिको नियत नै खराब छ, उनिहरु साम, दाम, दण्ड, भेद जे प्रयोग गर्न पनि पछि हट्दैनन । जाबो एउटा ब्यक्ति अटेर गरेर स्वतन्त्र उठदै गर्दा भाग नै खोज्न आएजस्तो डर छ उनिहरुलाई । म कठिबद्द छु, कतिपनी बिचलित नभैकन अगाडि बढिरहेको छु ।
 

के भन्छन मतदाताहरु ? जितको संभावना कस्तो देख्नुभएको छ ?
आज सम्मको माहोल हेर्दा मतदाता हरु पोजेटिभ हुनुहुन्छ, तर स्वतन्त्र उठ्दै गर्दा संयमसेबक हरु भेट्नै गारो ।  एक्लो महसुस भएको छ, नागरिक हरुपनी राजनैतिक दलको आबरणबाट वाक्क भैसकेका छन तर खुलेर समर्थन गर्ने कम नै भेटिन्छन । हेरौँ मत परिणाम नआएसम्म के भन्न सकिन्छ मैदानमा उत्रिएको छु  अब नागरिक कै हातमा छ ।

देशको लागि जन्मिएका, देशको लागि लडेका राजनितिक दलहरुले गर्न नसकेको काम स्वतन्त्रबाट जितेकाहरुले कसरी गर्न सक्लान ?
स्थानिय तह राजनिती गर्ने ठाउँ हैन, यो त काम गर्ने ठाउँ हो । राजनैतिक दलले गर्न नसकेका काम स्वतन्त्रले मजाले गर्न सक्छन, कसैको कर काप भन्ने हुँदैन र यहाँ सिन्डिकेट पनि लगाउन सक्दैनन ।

तपाईको दृष्टिबाट हेर्दा हजुर निर्वाचित भईसकेपछि पाँच वर्ष पछि हजुरको पालिका कस्तो हुनेछ ?
पाँच बर्ष पछिको पालिका नेपाल कै उत्कृष्ट र नमुना बन्ने छ । सुचना बेसको समाज निर्माण हुनेछ । त्यस पश्चात् यहाँ जो निर्बाचित भएपनि काम गर्न सहज हुनेछ । नागरिकले दुख नै गरेतापनी सुखको अनुभुती लिन पाउनेछन ।

अन्त्यमा केही भन्नू छ ?
सम्पुर्ण पालिकाबासी नागरिक हरुलाई अटेर गर्न अनुरोध गर्दछु । परिबर्तन चाहिन्छ भने पुतली चिन्हमा मतदान गरि निर्बाचित गराइ काम गर्ने मौका दिनुहोला । हजुरहरुले भोट हालेर मैले चुनाब हारेमा त्यो भोट खेर जाँदैन बरु हजुरले भोट हालेर निर्बाचित भएका जनप्रतिनिधिहरुले त्यहाँ पुगेर काम नगरे चाहिँ त्यो भोट खेर जानेछ । ५ बर्ष मलाई पालिका हांक्न दिनुहोस सहि गन्तब्यमा पुर्याएर विश्राम लिनेछु । धन्यवाद, जय देश, जय स्वाभिमान