सन्धिखर्क नगरपालिकाद्वारा ऋषिपन्चमीको दिन सार्वजनिक विदा

News Desk Aug 29, 2022

हरिप्रसाद भुसाल / भदौ १३, अर्घाखाँची

सन्धिखर्क नगरपालिकाले नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा ऋषि पन्चमीको दिन सार्वजनिक विदा दिएको छ ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको उपस्थितीमा आज बसेको बैठकले ऋषि पन्चमीको दिन नगरभित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

ऋषिपन्चमीको अवसरमा यही भदौ १६ गतेका दिन नगरपालिकाकाको कार्यालय सहित मातहतका वडा कार्यालय, स्वास्थ्य इकाइ तथा शिक्षण संस्थाहरुमा सार्वजनिक विदा दिइएको नगरपालिकाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।