ताजा अप्डेट :

नगर प्रमुख र अध्यक्ष सहित अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन खर्चको विवरण ? ६ महिनाभित्र जरिवाना नतिरे पद जानसक्ने सन्धिखर्क नगरपालिकाद्वारा ऋषिपन्चमीको दिन सार्वजनिक विदा महेश बस्नेतको चेतावनी–‘बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’ अर्घाखाँचीमा रायमाझी र आचार्य आमने सामने हुनसक्ने चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल मेयर शाहले भने - 'नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ' नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात अर्घाखाँचीको चुनावी विश्लेषण : सजिलो छैन टोप बहादुर रायमाझीलाई फेरी आउछु भन्दै डडेलधुराबाट काठमाण्डौ फर्किए सागर ढकाल मंसिर ४ गतेको लागि निर्वाचन घोषणा

सन्धिखर्क नगरपालिका

हरिप्रसाद भुसाल Jun 3, 2021

अर्घाखाँची जिल्लाको सदरमुकाम हो। स्थानीय विकास मन्त्रालयले २०७१ बैशाख २५ गते देशमा विभिन्न २ सय ८३ गाविसलाई गाभेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्दा अर्घाखाँचीमा साविक सन्धिखर्क, नरपानी, खाँचाीकोट, किमडाँडा, अर्घा, डिभर्ना र वाङ्ला गाउँ विकास समितिहरू समावेस गरि सन्धिखर्कलाई नगरपालिका घोषणा गरिएको हो ।

पछि २०७३ सालमा स्थानीय तह घोषणा गर्दा पाली गाउँ विकास समितिको वार्ड नं. ०९ लाई समावेश गरी जम्मा १२ वटा वार्ड कायम गरिएको यस नगरपालिकाको क्षेत्रफल १२९.४२ वर्म कि.मी. छ । जसको जनसंख्या जनगणना २०६८ अनुसार ४१०७१ रहेको छ ।  वि.सं. २०३२ सालमा नरपानीबाट जिल्लाको सदरमुकाम सन्धिखर्कमा सारिएको हो। अर्घा र खान्चीका चौबिसे राज्यभुरे राजाले यसै स्थानमा सन्धि गरेको कारण यस नाम सन्धिखर्क रहन गएको भनाइ प्रचलित छ।

सन्धिखर्क, नरपानी, खाँचाीकोट, किमडाँडा, अर्घा, डिभर्ना , वाङ्ला र  पाली गा.वि.स.को वार्ड नं. ९  गाविसहरूलाई मिलाएर सन्धिखर्क नगरपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर ४०,४२२ रहेको  छ।चारैतर्फ पहाडी तथा बिचबाट लमतन्न परेर बहेकि बागि खोला एबम् खोला वारिपारि बसेको बाक्लो बस्ती तथा रमणीय फाटहरूले यस सौन्दर्य निकै बढाएको छ। 

पाणीनि बहुमुखी क्याम्पस, जनज्योति मा.बि.,सन्खेतारि मा.बि, हटोरि मा.बि, एबम् केही निजी विद्यालयह्‍रु यहा सञ्चालित छन्। यसलाई पक्की सडकले जोडिएको पनि थुप्रै बर्ष भैसकेको छ। यस क्षेत्रको यो एउटा मुख्य ब्यापारिक क्षेत्र मानिन्छ। शिक्षा तथा स्वास्थ्यको राम्रो विकास भएको छ। यसको पुर्बमा वान्ला, पश्चिममा कुर गउ, उत्तरमा ब्यारे बजार, दक्षिणमा गच्छे बजार रहेको छ। यहा अत्यन्तै उर्बर् भूमिसमेत छ।


जनप्रतिनिधिहरु :

१, कमल प्रसाद भुसाल (मेयर) :
पहिलाे स्थानिय तहकाे निर्वाचनबाट कमल प्रसाद भुसाल नगर प्रमुखमा निर्वाचित हुनुभएकाे हाे । नेपाली काँग्रेसबाट उम्मेद्वार बन्नुभएका भुसाल तत्कालिन नेकपा माअाेवादी केन्द्र र नेपाली काँग्रेसकाे गठवन्धनबाट नगर प्रमुखमा निर्वाचित हुनुभएकाे हाे । भुसाल नेपाली काँग्रेसकाे पूर्व जिल्ला सभापति समेत हुनुहुन्छ ।

२, ठाकुर कुमार विक (उपमेयर) :
पहिलाे स्थानिय तहकाे निर्वाचनमा ठाकुर कुमार बिक नगर उपप्रमुख पदमा निर्वाचित हुनुभएकाे हाे । नेकपा माअाेवादी केन्द्रबाट उम्मेद्वार बन्नुभएका बिक तत्कालिन नेकपा माअाेवादी केन्द्र र नेपाली काँग्रेसकाे गठवन्धनबाट नगर उप प्रमुखमा निर्वाचित हुनुभएकाे हाे । बिक नेकपा माअाेवादी केन्द्र अर्घाखाँचीकाे संयाेजक समेत हुनुहुन्छ ।