ताजा अप्डेट :

सन्धिखर्कमा ठूलो पर्दामा नेपाल र पाकिस्तानको क्रिकेट लाईभ देखाइने छाडा चौपायाको दिगो व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी १५६ ओैँ दिनमा अर्घाखाँची आईपुगे पैदलयात्री पाध्या ह्वात्तै बढ्यो पेट्रोल र डिजेलको मूल्य पोर्चुगल पुगेका अर्घाखाँचीका दमासे ३ महिनादेखि सम्पर्कविहीन तिलोत्तमा नगरपालिकाद्वारा कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा बैंक तथा वित्तिय संस्थाहरु आज शनिवार पनि खुल्ला रहने डिलासैनी गाउँपालिकाले आफ्नै रेडियो संचालन गर्ने म्याग्दीको रघुगंगा नगरपालिकामा शतप्रतिशत योजना कार्यान्वयन अर्घाखाँचीका गाउँगाउँमा रास्वपा नेता अर्यालको सक्रियता, २०८४ मा दुई तिहाइ ल्याउने दावी

सिंहदरवार अरु पालिकामा सार्न बालेनको चुनौती

News Desk Apr 13, 2023

चैत्र ३०, काठमाण्डौ । काठमाण्डौ महानगरका नगर प्रमुख बालेन्द्र शाहले सरकारलाई कडा प्रहार गरेका छन् । 

सरकारले आफुहरुका कुरा नसुनेपछि आक्रोशित भएका बालेनले सामाजिक सन्जालमा स्टाटस लेख्दै कि काठमाण्डौको हितमा काम गर्न कि सिंहदरवार अरु पालिकामा सार्न चुनौती दिएका हुन् । 

सिंहदरवारसंग असहमती भएपछि केही दिन अघि सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका बालेनलाई हिजो मन्त्री परिषदको वैठकले आलोचना गरेको थियो । बैठकले बालेनले अस्वाभाविक हर्कत देखाएको भन्दै सम्झाउने निर्णय गरेको थियो । 

मन्त्रीपरिषदको बैठकले बालेनको विषयमा बोलेको अर्कोदिन बालेनले सिंहदरवार सार्न वा काठमाण्डौको हितमा काम गर्न आग्रह गरेका हुन् । सिंहदरवार सारेपनि आफुहरुलाई स्वीकार्य रहेको बताएका बालेनले काठमाण्डौको सम्पदा, संस्कृती र सभ्यता आफुहरुले गुम्न नदिने प्रष्ट समेत पारेका छन् ।