ताजा अप्डेट :

नगर प्रमुख र अध्यक्ष सहित अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन खर्चको विवरण ? ६ महिनाभित्र जरिवाना नतिरे पद जानसक्ने सन्धिखर्क नगरपालिकाद्वारा ऋषिपन्चमीको दिन सार्वजनिक विदा महेश बस्नेतको चेतावनी–‘बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’ अर्घाखाँचीमा रायमाझी र आचार्य आमने सामने हुनसक्ने चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल मेयर शाहले भने - 'नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ' नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात अर्घाखाँचीको चुनावी विश्लेषण : सजिलो छैन टोप बहादुर रायमाझीलाई फेरी आउछु भन्दै डडेलधुराबाट काठमाण्डौ फर्किए सागर ढकाल मंसिर ४ गतेको लागि निर्वाचन घोषणा

रुपाजी तपाईं कामी म सार्की जातीय कुराको अन्त्य गर्ने भए आउनुहोस हामी बिबाह गरौं ! सक्नुहुन्छ ?

हरिप्रसाद भुसाल Jun 25, 2021

रुपा जी म तपाईको ब्यवहार अनि ब्याक्तित्वबाट साह्रै प्रभावित भए अनि जातपातको कुरा विल्कुलै मन नपराउने हुँदा मेरो हृदयले तपाईं रुपा जीलाई नै अंगालो अंगालो लाग्यो । म सार्कीको छोरा हु हाल क्यानडामा पढाईसँगै रोजगारी गर्दौ छु । हो हामी दलित हौं हाम्रो समाजले हामीलाई तल्लो वर्गमा राखेको छ अनि त्यस्तै परिभाषित गरेको छ । तर हामी विल्कुलै आफुलाई हेपिने र तल्लो वर्गको हु भनेर संकुचित सोच्नु राख्नु हुदैन जस्तो लाग्छ । 

हुन्छ रुपा जी म सार्कीको छोरा पढाइ स्नातकोत्तर गर्दै छु सायद मेरा साथीहरुको भनाईमा पक्कै नराम्रो छैन भन्ने लाग्छ अनि सोच पक्कै तपाईकोभन्दा एडभान्स छ त्यसैले आउनुहोस जातीय विभेदविरुद्ध एकजुट हौं र त्यसको सुरुवात तपाई कामी अनि म सार्कीको विवाहबाट गरौं । आउनुहोस हामी विवाह गरौं ।
यहाँ जात हैन जातको नाममा पैसा कमाउनेले हामीलाई दलित बनाएका छन अनि उपल्लो जात हुनेले हैन त्यही दलितको पैसा खानेले हामीलाई झनै दलित बनाउदैछन तपाईं जस्तो मिडियाकर्मीले पनि जातको कुरा गरेको सुहाउछ र ? के तपाईं मलाई अथवा कुनै सार्की तपाईं जुन तपाईको कामी जातभन्दा तल्लो तपाईं आफै मान्नु हुन्छ ती जातसँग विवाह गर्न तयार हुनुन्छ यदि ती युवक तपाईले चाहेको धन सम्पत्ति अनि पढाइ छ भने ! के तपाईं यस्को उत्तर दिनसक्नु हुन्छ ? हैन भने हामी मिलेर बसेको समाजलाई धमिलाउने प्रयास नगर्नु होला । धन्यवाद उहीँ सार्की केटो हाल क्यानडा

यो पनि- रुपा जी तपाईंको निदारमा तल्लो जात लेखिएको थिएन घरधनी ले तपाईंलाई जात सोधेको थिएन तपाईं जस्तो काठमाडौंमा कोठा खोज्न हामीपनी हिंडेको छौँ हामीले पनि कोठा पाएका छैनौ कुनै दिन अब भन्नुस म कुन विभेद को मुद्दा हालौ????

यहाँ तपाईंको आफ्नो कुनै हिस्सामा भाग नदिएको हैन आफ्नो जीबन भरीको रगत र पसिनाले बनाएको आफ्नो घरमा कस्लाइ राख्ने कस्लाइ नराख्ने उहाँको अधिकार को कुरा हो तपाईं चौबीस बर्ष कि युवती ले आफ्नो मान हानि भयो भनेर अन्ठाउन्न बर्ष को तपाईंको आमा सरहको कसैको आमा को मान हनी गरेर के तपाईं ले आफ्नो अधिकार सुनुस्चित गर्नु भयो????

तपाईंले उहाँ लाई राम्रोसँग सम्झाउनु सक्नुहुन्थियो के तपाईंले जातीय विभेद के हो उहाँ लाई सम्झाउनु भयो??कोसिस मात्र पनि गर्नु भयो??? हामीले विभेद हटाउने भन्न बितिकै जरा किल्ला उखालेर फाल्न सक्छौं तुरुन्तै ??? तपाईंले सोच्नु भयो त्यो घरमा उहाँ भन्दा ठुलो नागरिक पनि हुनुहुन्छ होला नि आफ्नो घरको सदस्य को चित्त दुखाएर निर्णय लिनेे हक उहाँ लाई पनि थिएन होला एउटा पढेलेखेको तपाई जस्तो मान्छेले अर्को मान्छे लाई बुझ्नु सक्नु भएन तपाईं भन्दा पैतिसौ बसन्त पहिलाको मान्छेले तपाईंलाई चाहिँ थपकै बुझिदिनु पार्ने ?????

तपाईं को जस्तै सोच सबैको भयो भने जातीय विभेद को अन्त्य हैन जातीय लडाइँ सुरुहुन्छ आफ्नो अधिकार को नाउ मा अरुको अपमान गर्ने हक साहेद तपाईंलाई पनि कानुन ले दिएको छैन होला सामाजिक संजालमा भाइरल भएर हैन सक्नुहुन्छ भने एक्जाना मान्छेको नकारात्मक सोच लाई सकारात्मक कसरी बनाउने कोसिस गर्नुस ।