ताजा अप्डेट :

सन्धिखर्कमा ठूलो पर्दामा नेपाल र पाकिस्तानको क्रिकेट लाईभ देखाइने छाडा चौपायाको दिगो व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी १५६ ओैँ दिनमा अर्घाखाँची आईपुगे पैदलयात्री पाध्या ह्वात्तै बढ्यो पेट्रोल र डिजेलको मूल्य पोर्चुगल पुगेका अर्घाखाँचीका दमासे ३ महिनादेखि सम्पर्कविहीन तिलोत्तमा नगरपालिकाद्वारा कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा बैंक तथा वित्तिय संस्थाहरु आज शनिवार पनि खुल्ला रहने डिलासैनी गाउँपालिकाले आफ्नै रेडियो संचालन गर्ने म्याग्दीको रघुगंगा नगरपालिकामा शतप्रतिशत योजना कार्यान्वयन अर्घाखाँचीका गाउँगाउँमा रास्वपा नेता अर्यालको सक्रियता, २०८४ मा दुई तिहाइ ल्याउने दावी

नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात

News Desk Aug 5, 2022

बुटवल । नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात गरिएको छ ।

लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तिले बिहीबार बुटवलमै एक कार्यक्रमकाबीच उक्त सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गरी औपचारिक रुपमा शुरुवात गर्नुभएको छ ।

त्यस क्रममा उहाँले सूचना व्यवस्थापनल प्रणालीले यस प्रदेशको तथ्याँक व्यवस्थापन कार्यमा सहयोग पुर्याउने बताउनुभयो । उहाँले यस खालको तथ्याँक व्यवस्थापनले प्रदेशस्तरबाट बिद्यमान समस्याको पहिचान समेत हुने बताउनुभयो ।

मन्त्रीले घर्तिले तथ्याँककै आधारमा कार्यक्रम संचालनका बजेट व्यवस्थापन गर्न र कार्यान्वयन गर्न पनि सम्बन्धित निकायसंग समन्वय सहकार्य गर्न सजिलो हुने धारणा राख्नुभयो ।

अन्य प्रदेशमा पनि यही प्रकारको व्यवस्थापन प्रणाली शुरु हुने आशा व्यक्त गर्नुभयो । “सरसती हेर्दा, स्थानीय, प्रदेश र केन्द्रीय तहको सरकारले बालबालिका, अपांगता, जेष्ठ नागरिको क्षेत्रमा काम गर्नेछ ।,” मन्त्री घर्तिले भन्नुभयो, “धेरै वर्ष पहिले नै तथ्याँक व्यवस्थापन गर्ने कार्य गर्नुपर्नेमा अलिकति ढिला भएको आफुलाई लागेको छ । यद्दपि सबैको सहकार्यमा यो कार्यलाई दु्रत गतिमा संचालन हुने छ ।”

पछिल्लो समय मानव बेचबिखनका प्रकारहरु फरक भएको आफुले पाएको मन्त्री घर्तिले बताउनुभयो । महिला, बालबालिका मात्रै नभएर पुरुषहरु पनि अफ्रिकी मुलकमा बेचिने गरेको कुराहरु सुन्नमा आएको उहाँले बताउनुभयो ।

बेचबिखन भएर उद्धार भइसकेका महिला, बालकालिकाहरुको संरक्षणका लागि केन्द्र सरकारले बनाएको दुई वटा पुर्नस्थापना केन्द्र र केही स्थापना केन्द्रहरुलाई केही सहयोग पुगोस भन्नका लागि प्रदेश सरकारले एडीबीको सहयोगमा दिर्घकालिन पुर्नस्थापना केन्द्र स्थापना गरिन लागेको जानकारी गराउनुभयो ।

सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दे प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव राजेन्द्र थापाले यो प्रणालीले प्रदेश सरकारमार्फत संचालन हुने लक्षित वर्ग तथा समुदाय हितका कार्यमा सहयोग पुर्याउने बताउनुभयो ।

कार्यक्रममा प्रदेशका डिआईजी नवल प्रसाद उपाध्यायले बढ्दो बिकास क्रमले गर्दा नेपाली प्रहरीमाथि पनि चुनौती थपिँदै गएको बताउनुभयो । उहाँले नेपाल प्रहरीले नेपालमा माइती नेपाल लगायतको संघ संस्थाको समन्वय सहकार्यमा मानव बेचबिखन तथा ओसार पसार कार्य नियन्त्रणमा लिने गरिएको बताउनुभयो ।

नेपाल सरकारकाको समन्वयमा युएस एड र यके एडको सहयोगमा विनरक इन्टरनेशनलमार्फत माइती नेपालद्धारा संचालित हाम्रो सम्मान परियोजनाको प्राविबिधक सहयोगमा यस प्रकारको सूचना व्यवस्थापन प्रणाली शुरु गरिएको हो ।

छरिएका तथ्याँकहरुलाई एकीकृत गरी स्थानीय तहदेखि केन्द्रतहसम्म तथ्याँकको वहाव कायम गरी नीति निर्माण तथा कार्यान्वयनमा सहयोग पुर्याउन यो प्रणालीले कार्य गर्ने मन्त्रालयले जनाएको छ ।

माइती नेपालका कार्यकारी निर्देशक बिश्वराम खडकाले यसखालको प्रणालीले समुदायमा रहेको समस्याको अवस्था र त्यसका लागि गर्नुपर्ने कार्यका लागि सहयोग पुर्याउने धारणा राख्नुभयो । कार्यक्रममा प्रदेशस्तरका मन्त्रालयका प्रतिनिधि तथा बाँके, बर्दिया, रुपेन्देही र कपिलबस्तुका बिभिन्न पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।