नेफ्रामा लगानीकर्ताको भिड बिक्रेता न्यून।

Admin Admin Feb 21, 2021

आइतवार नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर खरिद गर्नेको माग उच्च देखिएको छ ।

शेयर मूल्य बढेर ६ सय रुपैयाँ पुगिसक्दा समेत लगानीकर्ताहरूले बैंकको शेयर बिक्री गर्न नचाहँदा खरिद गर्नेको लाम लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतवार समाचार तयार पार्दासम्म (२ बजेर ९ मिनेट)मा १२ लाख ४२ हजार ७ सय ४४ कित्ता शेयर खरिदका लागि माग भएको छ ।

बजारमा शेयर खरिद गर्न चाहनेहरूको भीड लाग्दै गर्दा बेच्न चाहने लगानीकर्ताहरूको संख्या न्यून रहेको छ ।