
हरिप्रसाद भुसाल / बैशाख १२, अर्घाखाँची
अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिकामा भएकाे माेटरसाईकल दुर्घटनामा एकजनाकाे ज्यान गएकाे छ ।
सन्धिखर्क नगरपालिका वडा नं ८ किमडाँडामा भएकाे माेटरसाईकल दुर्घटनामा भुमिकास्थान नगरपालिका वडा नं ७ निवासी बलराम पाैडेलकाे ज्यान गएकाे हाे ।
दुर्घटनामा गम्भिर घाईते भएका पाैडेलकाे उपचारकाे क्रममा अर्घाखाँची अस्पतालमा ज्यान गएकाे पारिवारीक स्राेतले जानकारी दिएकाे छ ।