काठमाण्डौ । सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मंसिर ४ मा निर्वाचन गर्ने घोषणा गरेको हो। निर्वाचन आयोगले मंसिर २ को लागि चुनावको तिथि घोषणा गर्न सिफारिस गरेपनि सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेको हो । ज्योतिषको सल्लाह अनुसार प्रधामन्त्री देउवाले चुनावको मिति घोषणा गरेको बताईन्छ ।
यस अघि बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसको सत्ता गठबन्धनका शीर्ष नेतको बैठकले मंसिर ४ मा निर्वाचनको तिथि तोक्ने बिषयमा सहमति गरेको हो। दलहरुबीच भएको सहमति अनुसार प्रतिनिधिसभाका सदस्यका लागि हुने निर्वाचनमा उम्मेदवारी मनोनयन रहुन्जेलसम्म अहिलेको प्रतिनिधिसभाको कार्यकाल रहने छ । यो बिषय नेपाली राजनीतिमा विवाद भन्दा टाढा छैन । यसभन्दा अघि भने निर्वाचनको मिति तोक्न साथ प्रतिनिधिसभा विघटनको अवस्थामा हुन्थ्यो । कार्यकालको स्पष्ट ब्यबस्था सहित चुनाव घोषणा गरिएको यो पहिलो घटना हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस २०७६ पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसमा धेरै दलको सहमति थिएन। पहिलोपटक संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेस दुविधामा थियो ।