
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा हामी पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुको पाँच वर्षिय कार्यकालको समिक्षा गरिरहेका छौं । आजको श्रृंखलामा हामी सप्तरी जिल्लामा रहेको सुरुङगा नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ चौधरीसंग कुराकानी गर्न गैरहेका छौं ।
प्रस्तुत छ, नगरप्रमुख चौधरीसंगको कुराकानीको सम्पादित अंश :
पालिका अपडेट : आफ्नो कार्यकाललाई कसरी स्मरण गर्नुहुन्छ ?
चौधरी : मेरो कार्यकाल राम्रैसंग वित्यो र वित्दैछ ।
पालिका अपडेट : हजुरको आफ्नै विश्लेषणमा हजुरको कार्यकाल कति सफल ?
चौधरी : म आफ्नो कार्यकालबाट पुरै सन्तुष्ट छु ।
पालिका अपडेट : १० मा नम्वर दिनुपर्दा आफ्नो कार्यकाललाई कति नम्वर दिनुहुन्छ ?
म आफ्नो कार्यकाललाई के भन्ने ? म आफ्नो कार्यकाललाई पूर्ण सफल भन्छु । साढे चार वर्षमा हामीले नगरसभा तोकिएको मितिमा असार १० गते र पौषमा सम्पन्न गरेका छौं । महिनामा दुई पटक कार्यपालिकाको बैठक हुन्छ । ती बैठक सर्वसम्मत रुपमा बैठकहरु भएका छन् ।
पालिका अपडेट : तपाई आफु जनप्रतिनिधी भएपछि गरेको आफैलाई सवैभन्दा बढी गर्व लाग्ने कुनै एउटा काम बताउनुपर्यो भने कुन काम सम्झनुहुन्छ ?
जवाफ : म शिक्षा सम्झन्छु । शिक्षाको निती नियम कानून सवै बनिसकेको छ । शिक्षक नपुगेको ठाउँमा नगरले आफैले नगर शिक्षा उपलव्ध गराएको छ । जवसम्म मान्छे शिक्षित हुदैन, तवसम्म केही गर्न सक्दैन । शिक्षा विना मान्छेको जीवन अन्धकार हुन्छ । त्यसैले मान्छे शिक्षित हुनुपर्छ भनेर नै शिक्षामा हामीले जोड दिएका छौं ।
पालिका अपडेट : जनप्रतिनिधी भइसकेपछि अत्यन्तै चाहदा चाहदै गर्न नसकेको कुनै एउटा काम ?
चौधरी : एउटा क्याम्पस खोलौं भन्ने प्रयास थियो । चाहेर पनि हाम्रो कार्यकालमा क्याम्पस सन्चालन गर्न सकिएन ।
पालिका अपडेट : अन्त्यमा पाँच वर्षको कार्यकालको अन्तिम समयमा पनि हुनुहुन्छ, आम जनता तथा मतदातालाई के भन्न चाहनुहुन्छ ?
चौधरी : हाम्रो कार्यकाल सकियो अव पुन निर्वाचन हुदैछ । यो निर्वाचन मार्फत असल, कुशल प्रतिनिधी निर्वाचित होउन अनि सुरुंगाका जनताको लागि सोचोस् । यही शुभकामना व्यक्त गर्दछु ।
अन्तरवार्ता पुरै हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला
https://youtu.be/Uf2pGEQT-so