ताजा अप्डेट :

सन्धिखर्कमा ठूलो पर्दामा नेपाल र पाकिस्तानको क्रिकेट लाईभ देखाइने छाडा चौपायाको दिगो व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी १५६ ओैँ दिनमा अर्घाखाँची आईपुगे पैदलयात्री पाध्या ह्वात्तै बढ्यो पेट्रोल र डिजेलको मूल्य पोर्चुगल पुगेका अर्घाखाँचीका दमासे ३ महिनादेखि सम्पर्कविहीन तिलोत्तमा नगरपालिकाद्वारा कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा बैंक तथा वित्तिय संस्थाहरु आज शनिवार पनि खुल्ला रहने डिलासैनी गाउँपालिकाले आफ्नै रेडियो संचालन गर्ने म्याग्दीको रघुगंगा नगरपालिकामा शतप्रतिशत योजना कार्यान्वयन अर्घाखाँचीका गाउँगाउँमा रास्वपा नेता अर्यालको सक्रियता, २०८४ मा दुई तिहाइ ल्याउने दावी

महेश बस्नेतको चेतावनी–‘बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’

News Desk Aug 27, 2022

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई धेरै खरानी घस्ने जोगीको संज्ञा दिएका छन् । शनिवार आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै बस्नेतले मेयर शाहले अनाधिकृत रुपमा चलाएको डोजरबाट धेरै पीडित बनेको बताए । 


उनले भने– ‘हामीसँग बीसौं बर्षको अनुभव छ । नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन्, यिनीहरुले बढी खरानी घस्ने कुरा ठीकै होला तर हामी अनुभवीसँग सिक्नुभयो भने विकासको मोडालिटीको बारेमा हाम्रा अनुभवहरु शेयर गरौंला । हैन भने तोडेर फोडेर जनताका पुर्ख्यौली सम्पत्तिहरु, वर्षौदेखि दुःख गरेर कमाएर, छोराछोरीलाई खाडीमा पठाएर बनाएका हाम्रा घरहरु भत्काउने तिम्रो कुनै तागत छैन । तिमीलाई कुनै अधिकार छैन । मैले यो कुरा भनेवापत तिम्रा सुण्ड मुसुण्डहरुले मलाई गाली गर्छन् भने तिम्रा सुण्ड मुसुण्डसँग हजारौँ पटक जुध्न तयार छु । हजारौ पटक लड्न तयार छु ।’


उनले आफू जहिले पनि न्यायको पक्षमा, व्यवसायीको पक्षमा, स्थानीय रैथानेको पक्षमा बोल्ने उल्लेख गरे । उनले त्यसो गर्दा बालेन्द्रका समर्थकहरु लड्न आउँछन् भने आफू, आफ्नो टिम र पार्टी काफी रहेको भन्दै चेतावनी दिए ।