ताजा अप्डेट :

सन्धिखर्कमा ठूलो पर्दामा नेपाल र पाकिस्तानको क्रिकेट लाईभ देखाइने छाडा चौपायाको दिगो व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी १५६ ओैँ दिनमा अर्घाखाँची आईपुगे पैदलयात्री पाध्या ह्वात्तै बढ्यो पेट्रोल र डिजेलको मूल्य पोर्चुगल पुगेका अर्घाखाँचीका दमासे ३ महिनादेखि सम्पर्कविहीन तिलोत्तमा नगरपालिकाद्वारा कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा बैंक तथा वित्तिय संस्थाहरु आज शनिवार पनि खुल्ला रहने डिलासैनी गाउँपालिकाले आफ्नै रेडियो संचालन गर्ने म्याग्दीको रघुगंगा नगरपालिकामा शतप्रतिशत योजना कार्यान्वयन अर्घाखाँचीका गाउँगाउँमा रास्वपा नेता अर्यालको सक्रियता, २०८४ मा दुई तिहाइ ल्याउने दावी

जिल्ला समन्वय समिति बाजुराकाे लागि एमालेका तर्फबाट उम्मेद्वार सिफारिस

हरिप्रसाद भुसाल Jul 17, 2022

बाजुुराः जिल्ला समन्य समिति बाजुराको प्रमुखमा नेकपा एमालेका तुलसीराम रोकाया र उपप्रमुखमा नेकपा एमालकै लाछु सार्कीलाई सिफारिस गरेको नेकपा एमाले जिल्ला कमिटि बाजुराले जनाएको छ ।

प्रमुखमा सिफारिस भएका रोकाया नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य र गौमुल गाउँपालिका वडा न. ६ बाट निर्वाचित वडा सदस्य हुन भने उप प्रमुखमा सिफारिस भएकी सार्की जगन्नाथ गाउँपालिका वडा नं ६ मा निर्वाचित वडा सदस्य हुन ।

जिल्लाका ९ वटा पालिका मध्ये बुढीगंगा नगरपालिका,गौमुल गाउँपालिका,बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिका मेयर र उपमेयर दुई वटै र खप्तड छेडेदह गाउँपालिकामा गाउँपालिका अध्यक्ष र हिमाली गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष नेकपा एमाललेले जितेको छ भने स्वामिकार्तिक  खापर गाउँपालिका र त्रिवेणी नगरपालिकामा मेयर उपमेयर दुवै र खप्तड छेडेदह गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष र हिमाली गाउँपालिकामा गाउँपालिका अध्यक्ष जितेको छ ।

जिल्लाका ९ वटै पालिकामा मध्ये ५ वटा पालिका प्रमुख उप्रमुख र एउटा पालिकामा अध्यक्ष र एउटा पालिकामा उपाध्यक्षमा जिते सँगै जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख दुवै नेकपा एमालले पाएको हो । जिल्ला समन्वय समितिमा प्रमुख उपप्रमख सहित ९ जना सदस्य रहनेछन ।