ताजा अप्डेट :

नगर प्रमुख र अध्यक्ष सहित अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन खर्चको विवरण ? ६ महिनाभित्र जरिवाना नतिरे पद जानसक्ने सन्धिखर्क नगरपालिकाद्वारा ऋषिपन्चमीको दिन सार्वजनिक विदा महेश बस्नेतको चेतावनी–‘बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’ अर्घाखाँचीमा रायमाझी र आचार्य आमने सामने हुनसक्ने चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल मेयर शाहले भने - 'नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ' नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात अर्घाखाँचीको चुनावी विश्लेषण : सजिलो छैन टोप बहादुर रायमाझीलाई फेरी आउछु भन्दै डडेलधुराबाट काठमाण्डौ फर्किए सागर ढकाल मंसिर ४ गतेको लागि निर्वाचन घोषणा

जुंगाको लडाईमा छत्रदेव, दलीय आडम्वरले बजेट तथा कार्यक्रम प्रभावित

News Desk Jul 24, 2022

हरिप्रसाद भुसाल / साउन ८, अर्घाखाँची

विधी अनुसार काम भएको हुँदो हो त छत्रदेवमा यतिवेला बजेट कार्यान्वयन भइरहेको हुने थियो । नयाँ आर्थिक वर्ष शुरु भएसंगै बजेट कार्यान्वयानको चरणमा पुग्नुपर्नेमा पालिका यतिवेला कामविहिन भएको छ ।

पालिकाका नेतृत्व नेपाली काँग्रेसले जितेको र कार्यपालिकामा नेकपा एमालेको बहुमत रहेको अवस्थामा दुई पार्टी विचको जुंगाको लडाईले छत्रदेव गाउँपालिका असफलताको बाटोमा पुगेको हो । बजेट रोकिएपछि दैनिक कार्यसंचालनका साथै आर्थिक नियमावली पास नहुँदा वडास्तरमा सिफारिस समेत रोकिएको छ ।

कार्यपालिकाको पहिलो बैठकमै पालिका अध्यक्षले विषयगत समितिका सभापतिहरुको मनोनयन गरेपछि कार्यपालिकामा बहुमत रहेको एमाले शुरुमै झस्किएको हो भने कार्यव्यवस्था नियमावलीले नै विषयगत समितिहरुको सभापति तोक्ने जिम्मा अध्यक्षलाई दिएका कारण यो छलफलकै विषय बन्न नसक्ने पालिका अध्यक्षको बुझाई छ ।

“मैले आफुलाई प्राप्त अधिकार प्रयोग गरी विषयगत समितिका सभापतिहरु चयन गरेको हुँ । अझ एमालेका तीनजना र काँग्रेसका तीनजना गरेर नियुक्त गरेको हुँ ।” अध्यक्ष चन्द्रमान श्रेष्ठले भन्नुभयो “पहिलो गासमै ढुंगा पार्नेगरी उहाँहरु अगाडी बढ्नुभएका कारण समस्या भएको छ ।”

यता पालिका उपाध्यक्ष भने आफुहरु हलो अड्काउने पक्षमा हुँदै नभएको जिकिर गर्नुहुन्छ । “सकेसम्म समस्या नै नआउनुपथ्यो, आइसकेपछि विषयगत समितिको गठनलाई थाती राखेर बजेटलाई अगाडी बढाऔं भनेका हौं तरपनि अध्यक्ष जवरजस्त अगाडी बढेका कारण समस्या भयो ।” उपाध्यष मनि पन्थीले भन्नुभयो “अध्यक्षमा समन्वयकारी भूमिका देखिएन, जवरजस्त अगाडी बढ्दा त कहाँ समाधान निस्कन्छ र ।”

अध्यक्षमा समन्वयकारी भूमिका नहुँदा समस्या भएको पन्थीको भनाई छ । “हामीले उहाँलाई अभिभावकीय भूमिका बस्न आग्रह गरेकै हो ।” पन्थीले भन्नुभयो “हामी एउटै परिवार हो भनेर सोच्नुभो भने पाँच मिनेटमै समस्या समाधान हुन्छ ।”

आफुहरुले मध्यमार्गी बाटो अवलम्वन गर्न आग्रह गरेपनि कुरा जटिल बनिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ बताउनुहुन्छ । “हामीले मध्यमार्गी बाटोबाट भएपनि बजेट पास गरौं भनेको थियौं । पन्थले भन्नुभयो “विषय पालिकाभित्र भन्दा पनि जिल्लास्तरको राजनीतिमा पुगेका कारण समाधान झन जटिल भयो ।”

दलीय झगडाकाा कारण सिंगो पालिका नै असफल बन्ने खतरा बढीरहेका बेला यसको निकासमा सवै पक्ष जिम्मेवार बन्नुपर्छ । दुवै पक्षको जित हुनेगरी सहज निकास निकाल्नको लागि कार्यपालिका सहित जिल्लाको राजनीतिक नेतृत्व समयमै सचेत बनुन् ।