ताजा अप्डेट :

सन्धिखर्कमा ठूलो पर्दामा नेपाल र पाकिस्तानको क्रिकेट लाईभ देखाइने छाडा चौपायाको दिगो व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी १५६ ओैँ दिनमा अर्घाखाँची आईपुगे पैदलयात्री पाध्या ह्वात्तै बढ्यो पेट्रोल र डिजेलको मूल्य पोर्चुगल पुगेका अर्घाखाँचीका दमासे ३ महिनादेखि सम्पर्कविहीन तिलोत्तमा नगरपालिकाद्वारा कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा बैंक तथा वित्तिय संस्थाहरु आज शनिवार पनि खुल्ला रहने डिलासैनी गाउँपालिकाले आफ्नै रेडियो संचालन गर्ने म्याग्दीको रघुगंगा नगरपालिकामा शतप्रतिशत योजना कार्यान्वयन अर्घाखाँचीका गाउँगाउँमा रास्वपा नेता अर्यालको सक्रियता, २०८४ मा दुई तिहाइ ल्याउने दावी

फेरी आउछु भन्दै डडेलधुराबाट काठमाण्डौ फर्किए सागर ढकाल

News Desk Aug 4, 2022

धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुरा बाट चुनाव लड्ने घोषणा गरेका सागर ढकाल केहिदिन चुनावी भेटघाटपछी डडेल्धुराबाट काठमाडौ फर्किएका छन् । एक हप्ताको बसाईपछि सागर सोमबार डडेल्धुराबाट फर्किएका हुन् ।


डडेल्धुरावासीले पहिलो पटक आउदा सोचेभन्दा राम्रो गरि स्वागत गरेको र स्थानीय जस्तै आफुलाई सम्झिएको बताएका छन् । छोटोसमयमा पुरै गाउँ पुग्न नसकिएपनी प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ रुवाखोला, अमरगढी नगरपालिकाका आसपासका क्षेत्र, परशुराम नगरपालिका र आलितालका केही क्षेत्रका जनतालाई भेटर आज महेन्द्रनगर फर्किन लागेको ढकालले बताए ।


पहिलो चरणमा धेरै ठाउँ जान नसकिएपनी अर्को चोटि घरघरमा पुगेर भेटघाट गर्ने बताएका छन् ।

डडेल्धुरा फर्किदा सामाजिक संजालमा सागर ढकालले लेखेका छन् :


“डडेलधुरामा सोचेको भन्दा निकै नै राम्रो स्वागत पायौ , डडेलधुराको पहिलो चरणको  दर्शनको  लागि आएका थियौ तर स्थानिय जस्तै बनाएर छोड्नुभएको छ। धेरै धेरै धन्यवाद१ आभारि छौ। सामान्य स्वास्थ्य समस्याका कारण सोचेजति समय बिताउन पाएनौ , सबैलाइ भेट्न नसकेकोमा क्षमा प्रार्थी छौ। अहिले पहिलो पाइला भयो , केहि समयमा सबै घरहरूमा पाइला टेक्ने र  चिया नै खाने गरि आउनेछौ। यो त केवल सुरुवात मात्र हो।  जय उग्रतारा , जय परशराम ,🙏”

५ वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका सागर ढकाल पेशाले इन्जिनियर हुन्। उनले बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको छन्।

संघीय चुनावमा डडेल्धुराबाट लड्ने भन्दै डडेल्धुरामा चुनावको तयारीमा होमिएका छन् ।