
साबिक ताप्लेजुङ नगरपालिका नेपाल सरकारको निर्णय अनुसार बि.स.२०७१ साल बैशाख २५ गते गठन भएको नयां नगरपालिका हो । हाल ताप्लेजुङ नगरपालिका नाम परिवर्तन भई फुङलिङ नगरपालिका भएको हो । ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङलिङ नगरपालिका पूर्वी प्रदेश नं. १ मा अबस्थित छ ।
यस नगरपालिकाको कुल क्षेत्रपÞmल १२५.५७ बर्ग किलोमिटर रहेको छ । ताप्लेजुङ जिल्ला २७८१५“ देखि उत्तरी अक्षांश र ८७८३२“पूर्वी देशान्तर भित्र पर्दछ । नेपालमै पहिलो घामको झुल्को पर्ने ठाँउ पर्यटनमा कुमारित्व बोकेको, धार्मिक महत्वको कोशी नदीको एक सहायक नदी तमोर किराँत धर्मको आस्थाका पवित्र स्थल लोप हुन लागेको रेड पाण्डा, कालो भालु हिउँ चितुवा, शिकारी भोटे काग, डाँफे, मुनाल, कालिज आदि दुर्लभ बन्यजन्तु र चराचुरंगीको वासस्थान, ८४४ प्रजातिका बनस्पति १६ प्रकारका जंगल २८ प्रजातिका गुराँस, ४८ प्रजातिका सुनगाभा, १३ प्रकारका रैथाने बिरुवा र १३७ प्रजातिका ग्रैह काष्ठ वन पैदावार पाउने, आदि जडीबुटी र सुन्दर फुलैफूलको बगैंचा जैविक विविधताले सम्पन्न÷प्रकृतिको एक वरदान विश्वमा नै सबै भन्दा बढी गुराँस पाइने गुराँसको राजधानी रहेको यस ताप्लेजुङ जिल्ला वास्तबमै प्राकृतिक, जैविक,जातजाति, धार्मिक सहिष्णुता, सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपालकै पहिलो घामको झुल्को पर्ने ताप्लेजुङ जिल्लाको सदरमुकाममा अबस्थित फुङलिङ नगरपालिका बिस्तारै आधुनिक शहरको रुपमा विकास भइरहेको शहर हो ।
हाल यस नगरमा ५६४४ घरधुरी २६ हजार ४ सय ६ जना जनसंख्या रहेको देखिन्छ । यस नगरमा लिम्बू जातिको बाहुल्यता रहेको यस नगरमा लिम्बू, राई, गुरुङ, मगर, नेवार, बाहुन, क्षेत्री, तामाङ,सुनुवार, कामी, दमाई, सार्की, शेर्पा, भोटे आदि जातीहरुको बसोवास रहेको छ ।
जनप्रतिनिधी परिचय ः
नगर प्रमुख ः छत्रपति प्याकुरेल
नगर उपप्रमुख बम बहादुर भट्टराई (तारा)