ताजा अप्डेट :

नगर प्रमुख र अध्यक्ष सहित अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन खर्चको विवरण ? ६ महिनाभित्र जरिवाना नतिरे पद जानसक्ने सन्धिखर्क नगरपालिकाद्वारा ऋषिपन्चमीको दिन सार्वजनिक विदा महेश बस्नेतको चेतावनी–‘बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’ अर्घाखाँचीमा रायमाझी र आचार्य आमने सामने हुनसक्ने चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल मेयर शाहले भने - 'नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ' नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात अर्घाखाँचीको चुनावी विश्लेषण : सजिलो छैन टोप बहादुर रायमाझीलाई फेरी आउछु भन्दै डडेलधुराबाट काठमाण्डौ फर्किए सागर ढकाल मंसिर ४ गतेको लागि निर्वाचन घोषणा

डोटीमा एक अर्व ५७ लाख ६० हजार रकम फ्रिज

News Desk Jul 20, 2022

गणेश मौनी / साउन ४ डोटी

आर्थिक बर्ष २०७८/०७९ मा डोटी जिल्लामा एक अर्व ५७ लाख ६० हजार तीन सय ६५ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले जनाएको छ । 

कार्यालयका अनुसार जिल्लाको कुल वजेटको ११.७७ प्रतिशत फ्रिज भएको हो । जिल्लामा पूँजीगत तर्फ एक अर्व ८४ करोड ६८ लाख १५ हजार पाँच सय वजेट बिनियोजन भएकोमा एक अर्व १९ करोड ३५ लाख ८२ हजार चार सय ४५ मात्रै खर्च भएको छ । यो रकम पूँजीगत तर्फ कुल बिनियोजित रकमको करीव ३५ प्रतिशत मात्रै हो । 

यस्तै आर्थिक बर्ष ०७८/०७९ का लागि जिल्लामा बिनियोजित चालु रकम ६ अर्व ७० करोड आठ लाख ३५ हजार नौ सय ६५ मध्ये ६ अर्व ३४ करोड ८३ लाख आठ हजार पाँच सय ५४ रुपैयाँखर्च भएको छ । यो रकम कुल चालु रकमको करीव ९५ प्रतिशत हो ।

जिल्लामा सो अवधीमा ५८ करोड २६ लाख७१ हजार चार सय ७३ रुपैयाँ राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय, डोटीका सूचना अधिकारी जयदेव पन्तले जानकारी दिए ।

स्थानीय तहको मात्र २० करोड फ्रिज 

डोटी जिल्लाका नौ वटा स्थानीय तहमा संघीय सरकार मार्फत आएको कुल तीन अर्व १९ करोड ४१ लाख ४० हजार तीन सय मध्ये २० करोड ५३ लाख ३८ लाख ८८ हजार तीन सय ५६ रुपैया फ्रिज गएको छ । यो रकम स्थानीयतहका लागि कुल बिनियोजित रकमको ६.४३ प्रतिशत हो । 
स्थानीय तहमा सवैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकामा १२.३१ प्रतिशत रकम फ्रिज भएको छ । कोलेनिकाले उपलव्ध गराएको बिवरण अनुसार यस गाउँपालिकामा ३२ करोड ६२ लाख १५ हजार रकम बिनियोजन भएकोमा चार करोड एक लाख ७४ हजार तीन सय ५२ रुपैया फ्रिज भएको छ ।

त्यस्तै सायल गाउँपालिकामा सवै भन्दा कम १.४२ प्रतिशत रकम फ्रिज भएको छ । यस गाउँपालिकाका लागि बिनियोजित कुल रकम ३० करोड ९४ लाख नौ हजारमध्ये ४४ लाख तीनहजार एक सय ७४ रुपैयाँ फ्रिज भएको छ ।, दिपायल सिलगढी नगरपालिकाको ११.६४ प्रतिशत रकम फ्रिज भएको छ ।कुल ४२ करोड ३५ लाख १४ हजार रुपैयाँ बिनियोजित भएकोमा चार करोड ९३ लाख १७हजार सात सय ५७ रुपैयाँ फ्रिज भएको छ । के आई सिंह गाउँपालिकामा दुई करोड ९३ लाख ६२ हजार पाँच सय ९६ रुपैयाँ रकम फ्रिज भएको छ । यो रकम गाउँपालिकाका लागि बिनियोजित २९ करोड १४ लाख नौ हजार रुपैयाँको १० प्रतिशत हुन आउँछ ।

त्यस्तै शिखर नगरपालिकामा करीव ८ प्रतिशत रकम फ्रिज भएको छ । नगरपालिकाका लागि बिनियोजित कुल ५१ करोड पाँच लाख ७१ हजार रुपैयाँ मध्ये चार करोड पाँच लाख ८० हजार ९३ रुपैयाँ फ्रिज भएको छ । त्यस्तै जोरायल गाउँपालिकाका लागि बिनियोजित कुल रकम ४० करोड ३५ लाख ७६ हजारमध्ये ४ प्रतिशत रकम फ्रिज भएको छ । यस गाउँपालिकामा एक करोड ६५ लाख ३७ हजार दुई सय १८ रुपैयाँ फ्रिज भएको हो ।,

त्यस्तै बडीकेदार गाउँपालिकामा कुल २९ करोड नौ लाख ३९ हजार रुपैयाँ बिनियोजित भएको थियो । सो रकम मध्ये एक करोड पाँच लाख रुपैयाँ फ्रिज भएको कोलेनिकाका सूचना अधिकारी पन्तले दिएको विवरणमा उल्लेख छ । यो रकम गाउँ पालिकाका लागि बिनियोजित कुल रकमको ३.६० प्रतिशतहुन आउँछ । 

त्यस्तै आदर्श गाउँपालिकामा २.७४ प्रतिशत रकम बिनियोजित भएको छ । यस गाउँपालिकाका लागि बिनियोजित कुल ३० करोड २३ लाख ३८ हजार रुपैयाँमध्ये ८३ लाख रुपैयाँ फ्रिज भएको छ । पूर्वीचौकी गाउँपालिकाका लागि ३३ करोड ६१ लाख ६९ हजार तीन सय रुपैयाँ बिनियोजित भएकोमा ६२ लाख १३ हजार एक सय ६६ रुपैयाँ खर्च हुन सकेन । यो रकम गाउँपालिकाका लागि बिनियोजित कुल वजेटको १.८४ प्रतिशत हुन आउँछ ।