हरिप्रसाद भुसाल /साउन ३०, अर्घाखाँची
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख मुकुन्द प्रसाद रिजालले जिल्लामा देखिएको चन्दा आतंक रोक्ने प्रतिवद्धता जनाउनुभएको छ ।
कानुन विपरितका कुनैपनि गतिविधी प्रहरीलाई मान्य नहुने बताउदै रिजालले अवैध गतिविधी रोक्नको लागि प्रहरी खरो रुपमा प्रस्तुत हुने समेत दावी गर्नुभयो ।
“पछिल्लो समयमा अर्घाखाँचीमा चन्दा आतंक बढेको देखियो” रिजालले भन्नुभयो “डर धम्की दिई आतंकित गरेर गरिने कानुन विपरितका कुरा नियन्त्रण गर्न प्रहरी खरो रुपमा उत्रन्छ ।”
नागरिकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै रिजालले सवै जिल्लावासीहरुको सहयोगमा मात्र प्रहरी सफल हुने उल्लेख गर्नुभयो ।