ताजा अप्डेट :

नगर प्रमुख र अध्यक्ष सहित अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन खर्चको विवरण ? ६ महिनाभित्र जरिवाना नतिरे पद जानसक्ने सन्धिखर्क नगरपालिकाद्वारा ऋषिपन्चमीको दिन सार्वजनिक विदा महेश बस्नेतको चेतावनी–‘बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’ अर्घाखाँचीमा रायमाझी र आचार्य आमने सामने हुनसक्ने चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल मेयर शाहले भने - 'नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ' नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात अर्घाखाँचीको चुनावी विश्लेषण : सजिलो छैन टोप बहादुर रायमाझीलाई फेरी आउछु भन्दै डडेलधुराबाट काठमाण्डौ फर्किए सागर ढकाल मंसिर ४ गतेको लागि निर्वाचन घोषणा

भेरी नगरपालिकाको संक्षिप्त परिचय

News Desk Jan 4, 2022

भेरी नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा पर्दछ ।

नेपालको संघीय राजधानी काठमाडौँबाट पश्चिम–उत्तरमा २१९.७७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर रहेको यस नगरपालिकाको पूर्वमा रुकुम जिल्ला, पश्चिममा छेडागाड नगरपालिका, उत्तरमा त्रिवेणी नलगाड नगरपालिका र कुशे गाउँपालिका छन् भनेदक्षिणमा सल्यान जिल्ला पर्दछ ।

जाजरकोट जिल्लाको सदरमुकाम समेत रहेकोखलङ्गा लगायत पुन्मा, भूर र जगतीपुर गरी साबिकका ४ गा.वि.स.हरू मिलेर यो नगरपालिका स्थापना गरिएको हो । यस भेरी नगरपालिकाको स्थापना नेपाल सरकार मन्त्रीपरिषद्को २०७२ पौष २७ को निर्णयअनुसार भएको हो । स्थापना हुँदा यस नगरपालिकाको नाम भेरीमालिका राखिएको थियो ।

साविकका तीनओटा गा.वि.स.हरू खलङ्गा, जगतीपुर र भूरले भेरी नदीलाई छोएको र पुन्मामा मालिका मन्दिर भएकोले सबै गा.वि.स.लाई समेट्ने गरी भेरीमालिका नामाकरण गरिएको थियो । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदनका आधारमा मिति २०७३ फाल्गुण २७ गते बसेको नेपाल सरकार मन्त्री परिषद्को निणर्यअनुसार भेरी मालिका नगरपालिकाकोनाम परिवर्तन गरी भेरी नगरपालिका नामाकरण गरिएको हो।

यस नगरपालिकालाई १३ ओटा वडाहरुमा विभाजन गरिएको छ ।