ताजा अप्डेट :

सन्धिखर्कमा ठूलो पर्दामा नेपाल र पाकिस्तानको क्रिकेट लाईभ देखाइने छाडा चौपायाको दिगो व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी १५६ ओैँ दिनमा अर्घाखाँची आईपुगे पैदलयात्री पाध्या ह्वात्तै बढ्यो पेट्रोल र डिजेलको मूल्य पोर्चुगल पुगेका अर्घाखाँचीका दमासे ३ महिनादेखि सम्पर्कविहीन तिलोत्तमा नगरपालिकाद्वारा कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा बैंक तथा वित्तिय संस्थाहरु आज शनिवार पनि खुल्ला रहने डिलासैनी गाउँपालिकाले आफ्नै रेडियो संचालन गर्ने म्याग्दीको रघुगंगा नगरपालिकामा शतप्रतिशत योजना कार्यान्वयन अर्घाखाँचीका गाउँगाउँमा रास्वपा नेता अर्यालको सक्रियता, २०८४ मा दुई तिहाइ ल्याउने दावी

भूमिकास्थानका दुई विद्यालय कक्षा ८ मा निल

News Desk Apr 13, 2023

चैत्र ३०, अर्घाखाँची । भूमिकास्थान नगरपालिका अर्घाखाँचीका दुई विद्यालयको कक्षा आठको अन्तिम परिणाममा निराषाजनक नतिजा आएको छ ।

भूमिकास्थान नगरपालिकाभर कक्षा ८ को परिक्षामा कुल ५४२ विद्यार्थी सहभागी भएकोमा भूमिकास्थान नगरपालिका वडा नं. २ मा रहेको भगवती आधारभूत विद्यालय र भूमिकास्थान ४ मा रहेको लक्ष्मी आधारभूत विद्यालयबाट एकजना पनि विद्यार्थी सवै विषयमा उत्तीर्ण भएका छैनन ।

कुल २२ जना विद्यार्थीलाई परीक्षामा सम्मिलित गराएको भगवती र १३ विद्यार्थी परीक्षामा सहभागी गराएको सिघार्थ निल भएको स्रोतले जनाएको छ । यो संगै भूमिकास्थानको समग्र नतिजा समेत निकै कमजोर देखिएको छ । यसबाहेक धर्मावती आधारभूत विद्यालय असुरकोट, लम्ची आधारभूत विद्यालय नुवाकोट, यशोधारा आधारभूत विद्यालय नुवाकोट र दीपेन्द्र

आधारभूत विद्यालय ढिकुराबाट समेत सवै विषयमा एक एकजना मात्र उत्तीर्ण भएका छन् ।
भूमिकास्थान नगरपालिकाभर ५४२ जना विद्यार्थी कक्षा ८ को परिक्षामा सम्मिलित भएकोमा ६९ जना अर्थात १२ दशमलव ७३ प्रतिशत विद्यार्थीले मात्र सवै विषय उत्तीर्ण गरेका छन् ।