ताजा अप्डेट :

नगर प्रमुख र अध्यक्ष सहित अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन खर्चको विवरण ? ६ महिनाभित्र जरिवाना नतिरे पद जानसक्ने सन्धिखर्क नगरपालिकाद्वारा ऋषिपन्चमीको दिन सार्वजनिक विदा महेश बस्नेतको चेतावनी–‘बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’ अर्घाखाँचीमा रायमाझी र आचार्य आमने सामने हुनसक्ने चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल मेयर शाहले भने - 'नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ' नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात अर्घाखाँचीको चुनावी विश्लेषण : सजिलो छैन टोप बहादुर रायमाझीलाई फेरी आउछु भन्दै डडेलधुराबाट काठमाण्डौ फर्किए सागर ढकाल मंसिर ४ गतेको लागि निर्वाचन घोषणा

भुमिकास्थान नगरपालिकाको संक्षिप्त परिचय

News Desk Jul 15, 2022

भुमिकास्थान नगरपालिका नेपाल राज्यको प्रदेश न. ५ अन्तर्गत मध्य पहाडी क्षेत्रमा अबस्थित अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कदेखि पश्चिम भागमा रहेको सुन्दर नगर हो । नेपालमा ७५३ स्थानीय तह कायम  हुँदा अर्घाखाँची जिल्लामा साविकका ढाकाबाङ, धारापानी, असुरकोट, खिल्जी, नुवाकोट, ढिकुरा र धनचौर गाउँ विकास समितिहरुलाई समेटेर भुमिकास्थान नगरपालिका बनाइएको हो । यस नगरपालिकाको कुल क्षेत्रफल १५९.१३ बर्ग किलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या जम्मा ३२,६४० (पुरुष-१३९३५ र महिला-१८७०५) रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको नुवाकोट गाविसको कार्यालयमा रहेको छ । यस नगरपालिकामा १० वटा वडा रहेका छन् । 

 नामाकरण:-यस नगरपालिकाको नामाकरणको सन्दर्भमा स्थानीय बासिका अनुसार हालको भुमिकास्थान मन्दिर भएको स्थानमा पहिला पुजा गर्ने थानलाई भुमेकाथान भनिन्थ्यो। पछि आएर त्यही पुजा गर्ने थानलाई भुमिकास्थान भनिएको र सोही थानको नामबाट यस क्षेत्रको नाम भुमिकास्थान रहेको छ !

 सीमाना:-यस नगरपालिकाको सिमाना पूर्वमा सन्धिखर्क नगरपालिका, पश्चिममा प्युठान जिल्ला, उत्तरमा मालारानी गाउँपालिका र दक्षिणमा शितगंगा नगरपालिकासम्म फैलिएको छ । ५ न. प्रदेशमा अबस्थित यो नगरपालिका पर्यटकीय हिसाबले प्रसस्त सम्भावना बोकेको स्थानीय तह मानिन्छ ।

 हावापानी तथा जलवायु:-जैविक विविधताले भरिपूर्ण यो नगरपालिका समुन्द्र सतहबाट न्यूनतम १०१२ मिटर उचाईदेखि २५१५ मिटरसम्म फैलिएकोले यसको हावापानीमा पनि विविधता छ ! पहाडी भागमा अबस्थित भएको हुनाले हिउंदमा सामान्य जाडो र गर्मीमा सामान्य गर्मी हुनु यहाँको विशेषता हो ।

 नदीनाला तथा ताल तलैया:-यस नगरपालिकाको मुख्य नदीका रुपमा झिमरुक खोला रहेको छ भने खाकाबेशी, छापे, लम्ची, छिर्लिंङ खोलाहरु यहाँका साना खोलाहरु हुन् ! यस नगरमा साना-साना पोखरी र ताल तलैया रहेका छन् ! सेंग्लेंङ दह, मसिनाको लेक, दुर्बाङको फाँट र भुकफेंदी यस जिल्लाकै प्रसिद्ध तथा विशेष पहिचान भएका स्थानहरु हुन् ।