
हरिप्रसाद भुसाल / साउन १, अर्घाखाँची
अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा नं ४ काे नवनिर्मित वडा कार्यालय भवनकाे एक समाराेहका विच उद्घाटन गरिएकाे छ ।
भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले एक समाराेहका विच आज कार्यालयकाे उद्घाटन गर्नुभएकाे हाे ।
नगरपालिकाकाे करिव ६५ लाखकाे लागतमा भवन निर्माण सम्पन्न भएकाे भवनकाे उद्घाटन कार्यक्रम वडा अध्यक्ष बाबुराम सुनारकाे अध्यक्षता र शेषकान्त घिमिरेकाे संचालनमा सम्पन्न भएकाे हाे ।