ताजा अप्डेट :

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त test नगर प्रमुख र अध्यक्ष सहित अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन खर्चको विवरण ? ६ महिनाभित्र जरिवाना नतिरे पद जानसक्ने सन्धिखर्क नगरपालिकाद्वारा ऋषिपन्चमीको दिन सार्वजनिक विदा महेश बस्नेतको चेतावनी–‘बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’ अर्घाखाँचीमा रायमाझी र आचार्य आमने सामने हुनसक्ने चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल मेयर शाहले भने - 'नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ' नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात अर्घाखाँचीको चुनावी विश्लेषण : सजिलो छैन टोप बहादुर रायमाझीलाई

भाेजपुर नगरपालिकाले नगरभित्र काेराेना परिक्षण गर्दै

हरिप्रसाद भुसाल May 31, 2021

भोजपुर । जिल्लामा दैनिकरूपमा कोरोना संक्रमण दर बढन थाले पछि भोजपुर नगरपालिकाले नगर क्षेत्रमा कोरोना परिक्षण गराउन थालेको छ । नगरपालिकाले १२ वटा वडामा नगरपालिकाले एन्टिजेन्ट किट मार्फत निशुल्क कोरोना परिक्षण शुरू गरेको हो । जस अन्तर्गत वडा नम्बर ७, ८ र १२ मा गरि ७५ जनाको कोरोना परिक्षण भै सकेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र दासले बताउनु भयो ।                                  भोजपुर  नगरपालिका वडा ७ बजार  क्षेत्रमा ५७ जनाको कोरोना परिक्षण परिक्षण गर्दा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै नगरपालिकाको वडा नम्वर १२ टक्सार र वडा नम्वर ८ पोखरेका १८ जनाको परिक्षण गर्दा ५ जनाको रिर्पोट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएका उनीहरुकोे स्वास्थ्य अवस्था सामान्य छ । 

उनीहरुको एन्टिजेन्ट किट परिक्षण विधिद्वारा कोरोना परिक्षण गरेको हो । 

कोरोनाको जोखिममा रहेका स्थानीयहरुलाई आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन नगरपालिकाले शुरु गरेको परिक्षणको काम समय अनुकुल उदारणीय भएको स्थानिय सीता कार्कीले बताउनुभयो ।                            भोजपुर  नगरपालिकाले नगरवासीहरुका लागि कोरोना संक्रमणबाट बच्न तथा उपचारका लागि आवश्यक पर्ने सहयोग  समेत गरिने जनाएको छ । 

जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै  नगरवासीहरुको स्वास्थ्य सुनिश्चितताका लागि नगरपालिकाले निशुल्क कोरोना परिक्षण  शुरू गरेको भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले बताउनुभयो । भोजपुर जिल्लामा आइतवारको तथ्यांक अनुसार संक्रमित संख्या ३ सय २० पुगेको छ भने भोजपुर नगरपालिका मात्र ४८ जना कोरोना संक्रमित छन ।