ताजा अप्डेट :

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त test नगर प्रमुख र अध्यक्ष सहित अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन खर्चको विवरण ? ६ महिनाभित्र जरिवाना नतिरे पद जानसक्ने सन्धिखर्क नगरपालिकाद्वारा ऋषिपन्चमीको दिन सार्वजनिक विदा महेश बस्नेतको चेतावनी–‘बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’ अर्घाखाँचीमा रायमाझी र आचार्य आमने सामने हुनसक्ने चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल मेयर शाहले भने - 'नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ' नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात अर्घाखाँचीको चुनावी विश्लेषण : सजिलो छैन टोप बहादुर रायमाझीलाई

अर्घाखाँचीमा एकैदिन १ सय ६४ कोरोनामुक्त, सात जनामा संक्रमण पुष्टी

हरिप्रसाद भुसाल May 30, 2021

हरिप्रसाद भुसाल / जेठ १६, अर्घाखाँची

अर्घाखाँची जिल्लामा कोभिड जित्नेहरुको संख्यामा उल्लेख्य बृद्धी भएको छ ।

आज जिल्लाभरमा १ सय ६४ जनाले कोभिडलाई जित्दा जिल्लाभर सातजना मात्र संक्रमित थपिएका छन् । 

छत्रदेवमा १८ जनामा एन्टिजिन विधिबाट भएको परिक्षणमा ६ जना संक्रमित भेटिएका छन् भने पिसिआर विधीबाट सन्धिखर्क नगरपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन् । 
त्यस्तै आज निको हुनेहरुमा छत्रदेव गाउँपालिकामा ११ जना, पाणिनीमा १० जना, भूमिकास्थान नगरपालिकामा ६० जना, मालारानी गाउँपालिकामा १० जना, शितगंगा नगरपालिकामा १४ जना र सन्धिखर्क नगरपालिकामा ५९ जना रहेका छन् । 

हालसम्म जिल्लामा संक्रमित हुनेहरुको संख्या २ हजार ४० जना पुगेकोमा हाल जिल्लामा २७९ जनासक्रिय संक्रमितहरु रहेका छन् । 

हालसम्म अर्घाखाँचीभर १ हजार ५ सय ७४ जना कोभिडलाई जितेर निको भएका छन् भने हालसम्म अर्घाखाँचीमा ५३ जनाले कोभिडबाट ज्यान गुमाएका छन् ।