
हरिप्रसाद भुसाल / मंसिर २२, अर्घाखाँची
अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नं ७ खाँचिकाेट निवासी ३० वर्षिय बिष्णु थापा हाल भारतमा अध्ययनरत छन् । सिए फाईनलकाे तयारिमा रहेका थापाले उत्कृष्ठ नम्वर सहित एमविएस पुरा गरिसकेका छन् ।
यिनै थापा हुन जसले अर्घाखाँचीबाट चुनढुंगा उत्खनन् गरिरहेकाे भुगर्भ सिमेन्टकाे मुटु हल्लाएका छन् । वातावरण संरक्षणकाे लागि गठन भएकाे स्थानिय वातावरण व्यवस्थापन तथा संरक्षण उपभाेक्ता समितिका अध्यक्ष समेत रहेका थापा अहिले खाँचिकाेटबाट चुनढुंगा उत्खनन् गरिरहेकाे भुगर्भ सिमेन्टकाे लागि गलपासाे बनेका हुन् ।
कपिलवस्तुमा रहेकाे भुगर्भ सिमेन्टले पर्यटकिय स्थल सुपादेउराली तथा नरपानी आसपासबाट चुनढुंगा उत्खनन् गरिरहेको छ । चुनढुंगा उत्खनन् गर्दा त्यहाँ वरिपरी वातावरणीय असर गर्ने, कुरुप देखिने, पर्यटकिय स्थलहरुमा नकारात्मक असर गर्ने भन्दै सर्वोच्चमा थापाले असाेज १९ गते हालेकाे रिटमा सर्वाेच्चलेकारण देखाउ आदेश जारी गरेकाे हाे ।
अदालतको आन्तरिक विवादका कारण केहि समय राेकिएकाे सुनवाई अदालत सुचारु भएसंगै डा. कुमार चुडालको ईजलासमा सुनवाई भएको थियाे । मंसिर २० भएकाे सुनुवाईले बिपक्षिका नाममा कारण देखाउ आदेश जारी गरेपछि अर्घाखाँचीमा चुनढुंगा उत्खननकाे विषय फेरि चर्चामा पुगेकाे छ ।
विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको रिटकाे अर्को सुनवाई आगामी पुस २२ गते हुनेछ ।
मापदण्ड विपरित ट्रिपरहरुले ओभरलोड बोक्दा सन्धिखर्क-गोरुसिङ्गे सडक समेत क्षतविक्षेत बनेकाे छ । १० टन सडक क्षमता भएपनी मापदण्ड विपरित खानीका ट्रिपरहरुले १८ देखी २२ टनसम्म बोक्ने गरेका छन् । साँघुरो सडकमा ट्रिपरहरुले ओभरलोड बोक्दा दुर्घटनाको जाेखिम बढेकाे मात्र छैन अन्य सवारीहरुलाइ यात्रा गर्न सकेत अप्ठ्याराे हुने गरेकाे छ ।