ताजा अप्डेट :

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त test नगर प्रमुख र अध्यक्ष सहित अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन खर्चको विवरण ? ६ महिनाभित्र जरिवाना नतिरे पद जानसक्ने सन्धिखर्क नगरपालिकाद्वारा ऋषिपन्चमीको दिन सार्वजनिक विदा महेश बस्नेतको चेतावनी–‘बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’ अर्घाखाँचीमा रायमाझी र आचार्य आमने सामने हुनसक्ने चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल मेयर शाहले भने - 'नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ' नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात अर्घाखाँचीको चुनावी विश्लेषण : सजिलो छैन टोप बहादुर रायमाझीलाई

अर्घाखाँची सम्पर्क समिति युएइद्वारा अर्घाखाँची अस्पताललाई दुई थान कन्सनटेटर सहयोग

हरिप्रसाद भुसाल May 30, 2021

हरिप्रसाद भुसाल / जेठ १६, अर्घाखाँची
अर्घाखाँची सम्पर्क समिति युएइले अर्घाखाँची अस्पताललाई दुई थान कन्सनटेटर सहयोग गरेको छ ।
सन्धिखर्क अस्पतालमा आयोजित अनौपचारीक कार्यक्रमका विच अर्घाखाँची अस्पताल विकास समितिका अध्यष श्रीकृष्ण भुसाल र अस्पतालका निमित्त प्रमुख डाक्टर कपिल गौतममार्फत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
अर्घाखाँची अस्पतालमा उपचाररत विरामीहरुको लागि सहजता होस भनेर सहयोग हस्तान्तरण गरिएको अर्घाखाँची सम्पर्क समिति युएइका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयो । 
स्वास्थ्य सामग्रीहरु ग्रहण गर्दै अस्पतालका प्रमुख डाक्टर गौतमले परदेशीएका जिल्लावासीहरुको मायाले आफुहरुलाई काम गर्न उत्साहित बनाएको बताउदै सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । 
कार्यसमिति सदस्य प्रकाश परियार, प्रकाश रायमाझी, बलराम रायमाझी, श्रीधर महत्रा, बुद्धी आचार्य लगायतको उपस्थिती रहेको थियो ।