ताजा अप्डेट :
ताजा अप्डेट :
राजविराज — असार १० गतेभित्र गाउँ/नगर सभा गरिसक्नु पर्ने व्यवस्थाअनुरुप सप्तरी जिल्लाका १८ वटा पालिकामध्ये १४ वटाले मात्र सभा सुरु गर्न भ्याएका छन् । नीति तथा कार्यक्रम प्रस्तुत भएपछि राजगढ गाउँपालिकामा उपाध्यक्ष रेणुदेवी मण्डलले अध्यक्षसहितको कार्यकक्षमा आइतबार साँझ तालाबन्दी गरेकी छिन् । कुल ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ स्थानीय तह रहेको सप्तरी को राजविराज, हनुमाननगर कंकालिनी र कंचनर...
अर्घाखाँची – अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा कृषियाेग्य जमिन बाँझाे राखेमा दाेब्बर रकम तिराे तिर्नुपर्ने भएको छ । कृषि उत्पादन बढाउन भन्दै नगरपालिकाले खेतीयोग्य जमिन बाँझाे राखेको खण्डमा दाेब्बर रकम तिराे तिर्नुपर्ने नीति तथा कार्यक्रम पास गरेकाे छ । नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठले आज आइतवार आउँदाे आर्थिक वर्ष २०८०/८१ लागि कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा क...
मालारानी गाउँपालिकाको गाउँसभाको १५ औं अधिबेशनको दोस्रो बैठक सम्पन्न भएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८० ८१ को आर्थिक विधेयक, विनियोजन विधेयक र वार्षिक बजेट तथा कार्यक्रम पेश भएको सभा सचिब तथा मालारानी गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालले जानकारी दिनुभयो । बैठकको रुलिङ सभाध्यक्ष एवं पालीकाअध्यक्ष दलबहादुर भट्टराईले गर्नुभएको थियोे । पारित भएको निति कार्यक्रम अनुसार म...
काठमाडौं, असार १० गते। आगामी आर्थिक वर्षका लागि ६ महानगरले ५१ अर्ब ९९ करोड बजेट प्रस्तुत गरेका छन् । सबैभन्दा बढी काठमाडौं महानगरको २५ अर्ब ५४ करोड रुपियाँ छ। यस्तै भरतपुर महनगरको छ अर्ब ३१ करोड रुपियाँ, पोखरा महानगरको सात अर्ब १५ करोड (अनुमानित) रुपियाँ, ललितपुर महानगरको छ अर्ब ५० लाख रुपियाँ, वीरगञ्ज महानगरको तीन अर्ब २१ करोड रुपियाँ र विराटनगरको तीन अर्ब २८ करोड रुपियाँ छ । काठमाडौं मह...
काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरका विभिन्न गाउँपालिकालाई एम्बुलेन्स सहयोग गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत महानगरले आवश्यकता अनुसार देशभरका विभिन्न गाउँपालिकालाई एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेको हो । आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दै महानगले गाउँपालिकाहरुलाई सहयोग गर्न ३५ वटा एम्बुलेन्स खरिद गर्ने महानगरकी उपप्रमुख सुनीता डंगोलले बताइन् । गाउँपालिकालाई स...
१०, असार, चितवन । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ८१ करोड ७७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख विमला तामाङले सार्वजनिक गरेको नगरपालिकाको बजेटमा आन्तरिक आय ११ करोड, राजश्व बाडफाँडवाट १६ करोड ९६ लाख ९७ हजार रुपैयाँ, जनसहभागीता तथा अन्य ६० लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरण संघ तर्फ ४२ करोड ७० लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश सरक...