सल्यान, १५ माघ । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ मा सुविधायुक्त प्रशासनिक भवन निर्माण हुने भएको छ ।
सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले मुलखोलामा भवनको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, वडा अध्यक्ष तिर्थराज दाहाल लगायत जनप्रतिनिधिहरूले विधिवत् पूजाआजा गर्दै योजनाकाे शुभारम्भ गरेका हुन् ।
भवन निर्माणका लागि ८६ लाख २७ हजार ८६५ रूपैयाँ भ्याटसहित अनुमान गरिएको छ । भवन निर्माणका लागि बिसी निर्माण सेवा, छत्रेश्वरी–२ सल्यानसंग ५२ लाख १४ हजार रूपैयाँ भ्याटसहित सम्झौता भएको गाउँपालिकाले जनाएको छ । भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारको समेत ४० लाख रूपैयाँ अनुदान रहेको छ ।









