झिमरुक खाेलामा डुव्दा अर्घाखाँचीमा दुई युवाकाे मृत्यु

चैत्र १६, अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थानका पौडी खेल्ने क्रममा डुवेर दुई युवाकाे ज्यान गएको छ।

भुमिकास्थान–१०, धनचौरको देउराली नेटाका १९ वर्षीय दिलिप नेपाली र १७ वर्षीय अशोक नेपालीको झिमरुक खाेलामा डुवेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

झिमरुक खोलामा पौडी खेल्न गएका ६ जनामध्ये दुई जनाले ज्यान गुमाएका हुन्। पौडी खेल्न रहमा गएका दुई युवा धेरैबेर पानी बाहिर नआएपछि संगै गएका साथीहरूले आफन्तलाई खबर गरेका थिए।

आफन्त र धनचौर प्रहरीको खोज तलासपछि मृत भेटिएका दुवै जनालाई पोष्टमार्टमका लागि अर्घाखाँची अस्पतालमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।