अर्घाखाँचीमा बस दुर्घटना, मृतककाे संख्या चार पुग्याे

चैत्र १३ अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या चार पुगेको छ। अर्घाखाँचीको  नरपानीबाट बुटवल फर्किंदै गरेको बस साँझ करिव ६ बजे दुर्घटनामा परेको हो।

सुपादेउराली दर्शनको लागि नवलपरासीबाट आएको लु२ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे-सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख बिष्णु प्रसाद पाैडेलले बताए।

मृत्यु हुनेमा बसका चालक सहित तीन जना महिला रहेका छन् । मृतकहरुकाे पहिचान खुलिसकेको छैन।

ओरालाे बाटाेमा बस अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा घाईते भएका २२ जनालाई उपचारकाे लागि बुटवल पठाईसकिएकाे प्रहरीले जनाएकाे छ ।