अर्घाखाँचीकाे डाेहाेटेमा अस्थाई प्रहरी पाेष्ट शुभारम्भ

चैत ३, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका वडा नं. १२ मा अस्थाई प्रहरी पाेष्ट स्थापना गरिएकाे छ ।

पुर्व पश्चिम लाेकमार्गबाट अर्घाखाँची जाेड्ने मुख्य सडकमा पर्ने डाेहाेटेमा आज एक समाराेहका विच प्रहरी विट स्थापना गरिएकाे हाे ।

कपिलबस्तुकाे पत्थरकाेटबाट ठाडा बिचकाे भागमा भएकाे प्रहरी रिक्ततालाई कम गर्न पाेेष्ट स्थापना गरिएकाे प्रहरीले जनाएकाे छ ।

शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पाैडेलले आज एक समाराेहका बिच पाेेष्टकाे उद्घाटन गरेका हुन् ।