जन्मदिनमा लायन्स क्लवको उपहार : होलवोडी चेकअप

२१ भदौ अर्घाखाँची । जन्मदिनमा केट काट्ने, माछा मासु मदिरासंग रमाउने चलन आम प्रवृती बनिसकेको छ ।

तर अर्घाखाँचीमा सामाजिक कामको नेतृत्व गर्दै आएको लायन्स क्लव अफ अर्घाखाँचीले जन्मदिन फरक ढंगले मनाउन शुरु गरेको छ । जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको नेशनल प्याथ ल्यावसंगको सहकार्यमा जन्मदिन पर्ने सदस्यलाई क्लवले निशुल्क होलबोडी चेकअपको व्यवस्था मिलाएको क्लवका अध्यक्ष प्रेम कुमार थापाले बताए ।

“जन्मदिनमा केक काट्ने, भोज भतेर गर्ने चलन व्यापक छ” अध्यक्ष थापाले भने “स्वास्थ्यभन्दा ठूलो धन केही नभएका कारण हामीले जन्मदिनको अवसरमा क्लवका सदस्यहरुलाई होलवोडी चेकअप उपहार दिने परिपाटी शुरु गरेका हौं ।”

क्लवमा वर्ष २०२४ ०२५ का लागि अध्यक्षमा चुनिएका थापाले आफ्नो कार्यकालमा जन्मदिन विशेष मनाउने सोंच आएको बताए । “हामीले विगतमा हरेक सदस्यहरुको जन्मदिनमा केट काट्ने उपहार दिने गरेका थियौं । कम्तिमा मेरो कार्यकालमा हरेक सदस्यले होलवोडी चेकअप गर्नुहुनेछ” थापाले भने ।

- Advertisment -

Most Popular