खेलकुद महासंघ अर्घाखाँचीको अधिवेशन सम्पन्न, अध्यक्षमा हेनरी बस्नेत

हिम लेकाली
भाद्र ७ सन्धिखर्क । नेपाल खेलकुद महासंघ अर्घाखाँचीको तेस्रो जिल्ला अधिवेशन मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घघाटन नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव ,प्रदेश ईन्चार्ज प्रविन अधिकारीले गर्नु भएको थियो । उहाँले खेलकुदको माध्यम बाट युवाहरूलाई संगठित गर्ने बताउँदै खेलकुद क्षेत्रलाई बढवा दिने बर्तमान नेतृत्व पाएकोमा खेलकुद क्षेत्रलाई माथि उठाउने ठुलो सम्भवना बडेको बताउनु भयो । उहाँले खेलक्षेत्रमा अर्घाखाँचीको संगठनले गरेको अनुकरणीय काम र कृयाशिलताको प्रशंसा गर्दै यो क्षेत्रमा सहयोग पुर्याउने पार्टी नेतृत्व लाई मनै देखि धन्यवाद ब्यक्त गर्नु भयो ।

महासंघ जिल्ला अध्यक्ष हेनरी बस्नेत को अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वागत सचिव आशिष राना र सन्चालन उपाध्यक्ष लालबहादुर घ.म.ले गर्नु भएको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथि नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालले शुभकामना ब्यक्त गर्दै यो संगठन पार्टीको भातृ संगठनभएकोले यहाँहरूले गर्ने कृयाकलापमा पार्टीको पूर्ण साथ सहयोग रहने बताउँदै संगठनमा रहेर अनुशासित पार्टी कार्यकर्ता बन्दै निजी जीवन पनि समृद्ध बनाउन आग्रह गर्नु भयो । यसै गरि उद्घघाटन शत्रमा मन्तब्य राख्नु हुनेहरूमा खेलकुद महासंघ केन्द्रीय सदस्य नारायणी बि.सि ., लुम्बिनी प्रदेश संयोजक हिमाल श्रेष्ठ रहनु भएको थियो । कार्यक्रममा सहिद प्रकाश महतको तस्बिरमा माल्यअर्पण र अबिर चडाएर सम्मान ब्यक्त गरिएको थियो ।

कार्यक्रम मा नेकपा एमाले जिल्ला उपाध्यक्ष शम्भु प्रसाद पाख्रेल ,सचिव तोज बहादुर रायमाझी ,कार्यालय सचिव लिलबहादुर बि।क ।,खेलकुद महासंघ केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज बिष्णु परियार, जिल्ला कमिटी सदस्य ऋषी पन्थी , फिरोज खनाल, लुम्बिनी प्रचार विभाग सदस्य नवीन के।सि।,रिटर्निङ्ग के. सचिव बसन्त के.सि., किसान महासंघ स्थाई कमटि सदस्य ठाकुर प्रसाद खनाल, राजसा महासंघ केन्द्रीय सदस्य शिव शाह , रिटर्निङ्ग लुम्बिनी प्रदेश सचिव राजेन्द्र पन्थी , विशेष ईलाका कमिटि उपाध्यक्ष प्रेम भुसाल, मालारानी गाउँपालिका का।वा।अध्यक्ष बिष्णु मिश्र , लगाएत जनसंगठनका प्रमुखहरूको आतिथ्यता रहेको थियो ।

अधिवेशनले सर्वसम्मत रूपमा १९ सदस्यीय जिल्ला कमिटी निर्बाचित गरेको छ । जसको अध्यक्षमा हेनरि बस्नेत , उपाध्यक्षमा लाल बहादुर घम र देव बहादुर घर्ती , सचिब (पछि पुर्ति गरिने) उप सचिवमा राजन पन्थी र नारायण क्षेत्री ,कोषाध्यक्षमा ममता जि.सि. सदस्यहरूमा क्रमश अरूण श्रेष्ठ, ओम प्रकाश श्रेष्ठ, कमला थापा, अशोक आले मगर, कुलराज खनाल, प्रकाश घ.म., ढकाल पन्थी, चन्द्र श्रेष्ठ, राजेन्द्र पन्थी ,प्रस रास्कोटी ,अनुज पाण्डे ,चन्द्र पाण्डे रहनुभएको छ ।

- Advertisment -

Most Popular