भोलीदेखि नेपालमा टिकटक चल्ने

भदौ ६ काठमाडौं– अन्ततः सरकारले टिकटकमाथिको प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार सरकारले भदौ ६ गते बिहीवार अर्थात भोलीदेखि टिकटकलाई सुचारु गर्ने निर्णय गरिसकेको छ । स्रोतका अनुसार बुधवार (आज) साँझ सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीस्तरीय बैठकबाट टिकटकमाथिको प्रतिवन्ध हटाउने निर्णय गरेका हुन् । यद्यपि, यो कुराको आधिकारिक पुष्टि भने हुन बाँकी छ ।

मन्त्रिपरिषद्‍बाट भने यो निर्णय हुन बाँकी रहेको छ । भोली बस्ने क्याबिनेट बैठकले निर्णय गरेसँगै भोलीदेखि नै देशभर टिकटक सहज रुपमा चल्ने मन्त्रालय स्रोतले दावी गरेको छ ।

त्यसो त सरकारले पछिल्लो केही दिनयता सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिवन्ध हटाउने तयारी गरिरहेकै थियो । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिवन्धबारे प्रश्न गरि रहेपछि सरकार प्रतिवन्ध खोल्ने गृहकार्यमा लागेको थियो ।

- Advertisment -

Most Popular