बुटवल दुर्घटना : बाईककाे ठक्करपछि बाेलेराेमा ठाेक्किएकी थिईन जाेस्ना

साँझकाे करिव सवा आठ बज्दै थियाे । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं ७ अड्गुरी स्थाई घर भई अध्ययनकाे कर्ममा रहेकी जाेस्नाकाे लु ८७ प ४५७३ नम्वरकाे स्कुटर मुर्गीयाबाट अगाडि बढ्याे ।

स्नातक तह दाेस्राे वर्षमा अध्ययनरत २१ वर्षिय श्रेष्ठ आफन्तकाे घरबाट काेठातर्फ जाँदै थिईन । साढे आठकाे हाराहारीकाे समय थियाे, जब जाेस्ना वडा नं १२ मा पर्ने शान्तिचाेकमा पुग्दैथिईन, एउटा माेटरसाईकल उनकाे काल बनेर शाखाबाटाेबाट निस्कियाे ।

शाखा बाटाेबाट तिव्र गतिमा निस्किएकाे माेटरसाईकलले जाेस्नालाई ठक्कर दिएर भाग्याे तर माेटरसाईकलकाे ठक्करले रन्थनिएकाे जाेस्नाकाे स्कुटर पछाडीबाट आउदै गरेकाे बाेलेराे गाडीमा ठाेक्कियाे ।

तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट जाेस्ना लु १ च ६७८३ नम्बरको बलेरो जिपको मुनी पुगेकी थिइन्। स्थानियका अनुसार बाेलेरेकाे अगाडीकाे भाग मुनि परेकाे स्कुटरलाई बाेलेराेले केही मिटरसम्म घिसारेकाे थियाे । गम्भीर घाईते उनको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटाेमै ज्यान गयाे ।

प्रहरीका अनुसार राति साढे आठ बजेतिर ३ वटै सवारी साधन तीव्र गतिमा भए जस्तो देखिन्छन्। बलेरो चालक प्रहरी नियन्त्रणमा छन् भने मोटरसाइकल चालक ठक्कर दिए लगत्तै फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

- Advertisment -

Most Popular