ग्राम ज्योति सम्वाददाता
राजविराज, १२ असार । सप्तरीको विष्णुपुर गाउँपालिकाले “एक घर दुई रुख” अभियान सुरु गरेको छ ।
अभियान अन्तरगत पहिलो दिन सोमबार गाउँपालिकाको वडा नं. ४, ५ र ७ मा गरि २ हजार २ सय बिरुवा रोपिएको छ ।
वडा नं. ४, ५ र ७ का प्रत्येक घर प्रा·णमा दुई÷दुई वटाका दरले विभिन्न फलफुलका बिरुवा रोपिएको र बाँकी वडामा समेत क्रमशः बृक्षारोपन अभियानकै रुपमा संचालन हुने गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवको भनाई छ ।
अध्यक्ष यादवका अनुसार गाउँपालिकालाई स्वच्छ, सुन्दर, हराभरा र प्रदुषणमुक्त बनाउने उद्देश्यले बृक्षारोपन अभियान थालिएको बताए ।
बृक्षारोपन कार्यक्रममा घरधनीलाई बोट बिरुवाको महत्व, यसको हेरचार तथा संरक्षणको बिधी बारे समेत ज्ञान बाड्ने काम गरिएको गाउँपालिकाले जनाएको छ ।