ग्राम ज्योति सम्वाददाता
राजविराज, ०८ असार । सप्तरीको विष्णुपुर गाउपालिकाका अध्यक्ष उमेश कुमार यादवले पुलिस इमानदार भएकाले हामी सबै सुरक्षित रहेको बताएका छन् ।
गाउँपालिका वडा नं ६ मा आयोजित अल्पसंख्यकसंग प्रहरी कार्यक्रममा बोल्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन् । प्रहरीले हामीलाई र हामीले प्रहरीलाई सहयोग गरेर असल समाज निर्माणका हुन सक्ने उनको जोड थियो ।
सप्तरीका सहायक सिडियो लक्ष्मी आचार्य पराजुलीले हामी जनताप्रति समर्पित रहि निश्पक्ष र सहजरूपमा सेवा दिदै आएको बताईन् । सप्तरीका प्रहरी प्रमुख नरेन्द्र कुमार कार्कीले समस्या भएको जोसुकै नागरिकका लागि जहिलेपनि जिल्ला प्रहरी कार्यालय खुला रहेको बताए । उनले पीडितहरुलाई जिल्लामा प्रहरी कार्यालय आउन आग्रह गरे ।कसैले समस्या बुझिदिएन, समस्या सुनिदिएन भने पुलिस मार्फत जहिले पनि सहयोग गर्न हामी पहल गरिरहेका छौ, उनले भने, जिल्ला प्रहरी कार्यालय जहिले पनि तपाईंहरूको साथ रहनेछ ।पीडा पोख्ने ठाउँ सम्बन्धित ठाउँमै सुन्ने कार्यक्रम अन्तर्ग यो कार्यक्रम राखेकोले समस्या सुनेर समाधानका लागि सम्बन्धित कार्यालय पुर्याउन प्रहरीले सहयोग गर्दै आएको र जहिलेपनि गर्ने भनाई प्रमुख कार्कीको रहेको थियोे ।
स्थानीय नेपुर देवी सदाले हामी जनता छौ र सिडियो, एसपी छ तर पनि हामी पीडित भईरहदा समस्या सुन्ने कोही नरहेको बताईन् ।दलितले पनि सहज रूपमा सेवा पाउनुपर्नेमा उनको जोड दिईन ।
कुनै पनि हालतमा दलित भएकै कारण अधिकारबाट बन्चित हुनु नपरोस भन्नेमा उनको जोड रहेको थियोे । भोट लिएर गाउँपालिका अध्यक्ष गएपछि दलितको समस्या बुझ्न फर्केर आएन् । यहि हो जनताको सेवा,यहीँ हो जिम्मेवार अध्यक्ष भन्दै प्रश्न गाउँपालिका अध्यक्षलाई स्थानीयले गरेका थिए ।अहिले समाजमा बलियोले कमजोरलाई हेप्ने प्रवृत्ति बढेको र प्रहरीबाट पनि बलियोले नै सहयोग पाउँदै आएको स्थानीयको आरोप थियोे । खास गरि दलित बस्ती भएको ठाउँमा सुकुम्बासी समस्या रहेको स्थानीय सहभागीहरुको सरोकारवालाहरूसंग गुनासो थियोे । राष्ट्रिय भूमि आयोगका अध्यक्ष हरेराम यादवले सप्तरी जिल्लाको १४ वटा गाउँपालिका नगरपालिकाकाले भूमिहीनलाई जग्गा उपलब्ध गराउन सम्झौता गरेको बताए । बाँकी रहेको ४ वटा स्थानीयतहले लागत संकलन गरेर भूमि आयोगसंग सम्झौताका लागि गाउँपालिका अध्यक्षलाई पहल गर्न उनले आग्रह आग्रह गरे ।