अजय कुमार झा र अवधेश कुमार झा बीच कडा प्रतिस्पर्धा

ग्राम ज्योति सम्वाददाता
राजविराज, ०१ असार । मैथिली साहित्य परिषद सप्तरीको शनिबार हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवारद्वय अजय कुमार झा र अवधेश कुमार झा बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

यस अघि अध्यक्ष पदका लागी उम्मेदवारी दिएका चार जना मध्ये आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव र प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं मैथिली भाषा विज्ञ डा.सुर्य प्रसाद यादवले उम्मेदवारी फिर्ता लिएका थिए ।

अजय परिषदको निवर्तमान सचिव एवं निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन सप्तरीका अध्यक्ष हुन् भने अवधेश प्रेस मञ्चका महासचिव हुन ।

परिषदमा कुल ८ सय १७ मतदाता रहेको प्रमुख निर्वाचन अधिकृत श्यामसुन्दर झाले जानकारी दिएका छन् ।

- Advertisment -

Most Popular