सप्तरीमा २ जना गरे विषादी सेवन

ग्राम ज्योति सम्वाददाता
राजविराज, २९ जेठ । सप्तरीमा एक ७५ वर्षिय बृद्ध र एक १७ वर्षिय नाबालकले घरासयी विवादमा विषादी सेवन गरेर आत्महत्याका प्रयास गरेका छन् ।

आइतबार जिल्लाको शम्भुनाथ नगरपालिका ३ स्थित एक ७५ वर्षिय बृद्धले विषादी सेवन गरेको प्रहरीले जनाएको छ । सो वडा नरही टोलमा बस्ने ७५ वर्षिय बुल्टेन रामले घरायसी विवादको कारण बारीमा गई किरा मार्न राखिएको करिश्मा नामक बिषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विषादी सेवन पश्चात् गम्भिर बिरामी भएका उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएको छ ।

यस्तै शनिबार जिल्लाकै डाक्नेश्वरी नगरपालिका वडा नं. ७ प्रवाह टोलमा एक नाबालकले विषादी सेवन गरेका छन् । स्थानिय १७ वर्षिय प्रदिप साहले घरयासी बादबिबादको कारण घास मार्ने बिषादी (खतार) सेवन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सो विषादी सेवन पश्चात् गम्भिर बिरामी भएका उनलाई छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका लागि भर्ना गरिएको छ ।

- Advertisment -

Most Popular